असार २२, काठमाडौं | नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदीको मूल्य घटेको छ ।

महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आज छापावल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बिहिबार १ लाख १० हजार ७ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको भने एक लाख १० हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

Related News