2026-10-11 07:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकहरु उत्रिए व्याजदर बढाउने प्रतिस्पर्धामा, कुनको कति ?(सूचीसहित)

असार ३१, काठमाडौं | गत बिहीबार बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेसँगै बैंकहरू पुन: व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएका छन् ।

सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न वाणिज्य बैंकहरूले साउन १ देखि लागू हुनेगरी नयाँ व्याजदर प्रकाशित गरेका छन् ।

अहिले निक्षेपको सबैभन्दा बढी व्याजदर एनएमबी बैंकको देखिएको छ । यस बैंकले मुद्दती निक्षेपको व्याजदर १०.९८ प्रतिशत निर्धारण गरेको हो । त्यस्तै प्राइम कर्मसियल बैंकले पनि १०.९३ प्रतिशत व्याजदर तोकेको छ । नबिल बैंकको १०.४९ प्रतिशत छ भने कुमारी बैंकको १०.१ प्रतिशत रहेको छ । एभरेष्ट बैंकले पनि १० प्रतिशत दिने जनाएको छ ।

यस्तै हिमालयन, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंकको व्याजदर ९.९९ प्रतिशत रहेको छ ।

माछापुछ्रे, नेपाल एसबीआई, सानिमा, प्रभु र कृषि वकास बैंकको मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशतमाथि छ | सबैभन्दा कम व्याजदर दिनेमा स्ट्याण्डर्ड चार्टड बैंक रहेको छ | यस बैंकको ८.९५ प्रतिशत रहेको छ ।

असारमा बैंकहरूले मुद्दती निक्षेपमा ९.९९ प्रतिशत व्याज दिइरहेका थिए । बैंकहरूले निक्षेपको व्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । यसै अनुसार साउनका लागि बैंकहरूले व्याजदर बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध