पुस १९, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १९, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगाल"/>

२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदभित्र सुर्ती थुक्ने मन्त्रीले दिए यस्तो जवाफ

२०७३, १९ पुष मंगलवार ०९:४७


पुस १९, काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले संविधान संशोधन प्रस्तावको बिषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालले अलोकतान्त्रिक पद्धति अंगालेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेवपालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री केसीले संविधान सभाबाट संविधान जारी गर्ने २००७ साल देखिको  सपना ६५ बर्ष पछि पुरा भएको र यहि उपलब्धिलाई मध्येजनर गरेर अघि बढ्नुको साटो संसद बन्द गरेर मुलुकलाई असहज स्थितिमा लैजाने काम एमालेले गरिरहेको आरोप लगाएका हुन् ।

मन्त्री केसीले संविधान कार्यन्वयनको विकल्प नभएको भन्दै अहिले उठेका असन्तुष्टीका आवाजलाई सम्बोधन गर्नको लागि पनि संविधान संशोधन आवश्यक रहेको बताए । उनले भने,‘अहिले जुन प्रस्तावको बिषयमा छलफल भईरहेको छ, यो बिषयलाई फेरी पनि कुनै दिन संशोधन गर्नुपर्ने हुनसक्छ, त्यतिबेला फेरी संशोधन हुन्छ, त्यसैले यसको बिरोध भन्दा पनि संसदको नियम र हिजो मात्रै संशोधनको बिषयमा सर्वोच्च अदालतले दिएको आदेशलाई ग्रहण गर्नुपर्छ ।’

फरक प्रसँगमा आफु बिगत केही दिनदेखिनै अस्वस्थ भएकाले हिजो संसदमा देखिएको दृश्य स्वभाबिक भएको भन्दै गल्ति नगर्ने मानिस दुनियाँमा नभेटिने बताए । उनले भने,‘एक्कासि मलाई घाँटी सक्र्यो, मैले गल्ती गरेकै हो तर बाध्यतालाई नबुझि जुन प्रकारको समाचार बाहिर आयो मलाई हाँसो लागेको छ, संसदीय मान्यता मलाई थाहा छ, पालक पनि मै हुँ तर हिजो त्यस्तो भयो, हतियार थापेर मलाई कुर्नेहरुको लागि मौका मिल्यो कुनै दिन मेरै जस्तो समस्या उसलाई पनि नआउला भन्न सक्दिन ।’



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ