

भारत सरकारले बुधबार बिहान सिंहलाई नयाँ राजदूतमा सिफारिस गरि परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको बताइएको छ । नेपाल आउन लागेका सिंह यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जम्बर्गका लागि भारतीय राजदूत थिए ।
यही फेबु्रअरीमा उनको तीन वर्षे कार्यकाल पूरा भएको थियो । रेको कार्यकाल मंगबारबाट सकिएको थियो । उनि आज स्वदेश फर्किँदैछन् । नयाँ राजदूत काठमाडौं आउन केही साता लाग्ने दूतावासले बताएको छ ।



