2026-07-25 04:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गोप्य रिपोर्ट बाहिरियो, पर्वतमा बामगठबन्धनको तर्फदेखि प्रतिनिधिसभामा पदम गिरीले जित्ने निश्चित


पर्वत । पर्वतमा बामगठबन्धनले जित्ने गोप्य रिपोर्ट बाहिरिएको छ । आगमी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको  निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनले जित हासिल पार्ने निश्चित भएको छ । बामगठबन्धनबाट प्रतिनिधिसभामो उम्मदेवार बनेका युवा नेता तथा नेकपा एमाले पर्वतका पदम गिरीले जिल्लामा ह्याट्रीक गरिसकेका नेपाली काँग्रेसका निर्वतमान सांसद अर्जुनप्रसाद जोशीलाई १० हजार मतले पछार्ने गोप्य रिपार्ट बाहिरिएको हो ।

रिपोर्टका अनुसार गत बैशाखमा भएको स्थानीय तहको चुनाव अनुसार पर्वतमा  नेकपा एमालेको २९ हजार ३ सय ९० मत देखिएको छ । जसमा माओवादी केन्द्रको ५ हजार ८ र ९४ मत जोडिएको छ । बामगठबन्धनको कुल मत ३५ हजार २ सय ८४ छ हुन्छ भने पर्वतमा नेपाली काँग्रेसको  २९ हजार १२ मत रहेको छ । जून बामगठबन्धनको भन्दा ६ हजार २ सय ७२ मतले थोरै हो । 

आगामी निर्वाचनमा पर्वतमा  १ लाख ७ हजार २ सय ९८ मतदाताले मतदान गर्नेछन् । स्थानीय तहको आंकडा अनुसार बामपन्थी गबठबन्धनले यसपाली पर्वतमा नेपाली काँग्रेसको किल्ला भत्काउने देखिएको हो ।

जसका आधारमा पर्वतमा प्रतिनिधिसभामा एमाले नेता पदम गिरी, प्रदेश तर्फ क्षेत्र नं १ मा माओवादी केन्द्र नेता नेत्र अधिकार र क्षेत्र २ मा निर्वतमान सांसद विकास लम्सालको जित सुनिश्चित भएको देखिएको हो । 

युवा नेता पदम गिरीको उम्मेदवारी भएसँगै पर्वतमा नेपाली काँग्रेस तर्सिएको छ ।  बामगठबन्धनले साविकका ५५ गाउँविकास समितिमा पैसाको चलखेल हुनसक्ने भन्दै युवा संघ र वाइसीलको एकै संगठन गरी युवाहरु परिचालन गर्ने भएको छ ।

पदम गिरीलाई जिताउ अभियान समेत शुरु भएको छ । निर्वतमान सांसद समेत रहेका नेपाली काँग्रेसका नेता अर्जुन जोशीसँग कार्यकता समेत खुसि देखिएका छैन । उनको विरुद्धमा बागी उम्मेदवारी समेत परेको छ । काँग्रेसकै नेता राजु शर्माले बागी उम्मेदवारी दिएपछि नेपाली काँग्रेसको मत विभाजन भएको छ यसले पनि बामगबन्धनलाइ फाइदा पुग्ने देखिन्छ । बागी उम्मेदवारले उम्मेदवारी फिर्ता  लिएपनि बामगठबन्धन स्वत विजयी हुने आंकलन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली