टेक शाही/फागुन २८, डोल्पा । गएको दुइ दिन देखि परेको भारि हिमपातले डोल्पाको जनजिवन पूरै प्रभाबित भएको छ । 

माथिल्लो डोल्पका ७ गाविसमा २ फिट भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन २८, डोल्पा । गएको दुइ दिन देखि परेको भारि हिमपातले डोल्पाको जनजिवन पूरै प्रभाबित भएको छ । 

माथिल्लो डोल्पका ७ गाविसमा २ फिट भन"/>

2026-06-25 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारि हिमपातले डोल्पाको जनजिवन प्रभाबित, मौसममा सुधार आएन

2017-03-11


टेक शाही/फागुन २८, डोल्पा । गएको दुइ दिन देखि परेको भारि हिमपातले डोल्पाको जनजिवन पूरै प्रभाबित भएको छ । 

माथिल्लो डोल्पका ७ गाविसमा २ फिट भन्दा धेरै जिमपात भए पछि जनजिवन पूर्ण रुपमा प्रभाबित भएको छ । निरन्तर परेको हिमपात सदरमुकाम दुनैमा एक फिट भन्दा बढि हिउ जमेको छ भने चिसोले जनजविन कष्टकर भएको छ । माथिल्लो डोल्पाको हिमापतले फोक्सुण्डो, भिजेर, सालादागँ, तिन्जे, धो, छार्का र मुकोट गाविसको पूरै जनजिवन प्रभाबित भएका हुन ५ हजार ६ सय भन्दा धेरै उचाइमा रहेका माथिल्ला डोल्पाका बस्तिहरुमा कम्तीमा पनि ३ फिट सम्म हिउ जमेको अनुमान गरएको छ । 

गएको बर्ष पनि हिउदमा हिउ नँपरेको र यस बर्ष पनि मँसिर,पूस र माघ महिनामा बेलाबेलामा कर्णालीका अन्य जिल्ला र हिमाली जिल्लामा ३ पटक भन्दा बढिल हिउ परे पनि डोल्पामा भने हिउ पर्न सकेन । गएको बिहिबार राती देखि माथिल्लो डोल्पामा र शुक्रबार बिहान ९ बजे देखि राती ११ बजे सम्म झण्डै १४ घण्टा सम्म निरन्तर परेको भारी हिमपात डोल्पाको सदरमुकाम दुनै सम्म आधा फिट भन्दा धेरै जमेको हो । 


हिउदमा डोल्पामा बसेर हिउ खेल्न रमाउनेहरको इच्छा पूरा हुने गरि हिउ परे पछि शनिबार बिहानै देखि दुनैका कर्मचारि,सर्वसाधारणहरु हिउमा रमाएका थिए । डोल्पा आएको एक साता पनि नँबित्दै यति धेरै हिउ खेल्न पाउदा जिवनको अबिसमरणिय क्षण नै भएको प्रमूख जिल्ला अधिकारि केशव राज शर्मा आचार्यले खुसि ब्यक्त गर्नु भयो । बिहानै देखि सबै मानिस हिउ खेल्दै रमाउदैमा दिन बिताएका छन । 

लामो समय देखि हिमपात र बर्षा नँभए पछि बिभिन्न रोगहरु फैलिन लागेको बेला बर्षा र हिमपात हुन भए पछि डोल्पाका कृषकहरु खुसि भएका छन । चैत्रको पहिलो साता देखि आलु र अन्तीम साता देखि मकै,कोदो,चिनो,सिमी लगायतका अन्नबाली लागउन सजिलो हुने भएकोले खेति गर्न सजिलो हुने भन्दै कृषकहरुले खुसि ब्यक्त गरेका हुन । शुक्रबार राति सम्म परेको भारि हिमपातले डोल्पाको पूरै भुभाग सेताम्य भएका छन । सदरमुकाम बाहेक अन्य गाविसका बस्तिमा १ फिट भन्दा बढि हिउ जमेको छ । हिउ धेरै जमे पछि पशु बस्तुहरुलाइ पानि र घाँस पनि घरमै दिने गरेका छन । 

गएको २ बर्ष पहिले २०७१ सालमा मँसिर २७ गते् यसरि नै भारी हिमपात भएको थियो त्यस पस्चात डोल्पाको सदरमुकाम सम्म यस पालि भारि हिमपात भएको हो । एक्कासि भारि हिमपात भए पछि चिसो पनि ह्वात्तै भढेको छ । चिसो बढे पछि चिसोका बिरामी पनि बढने चिकित्सकको अनुमान रहेको छ । 


चिसोले सबै भन्दा बढि बालबालिका र बृद्धाबृद्धलाइ प्रभाबित पार्ने र निमोनिया लगाउतका चिसोको कारण लाग्ने रोगहरु लाग्ने भएको कारण तातो कपडा लगाउने,तातो पानि र झोलिलो खानेकुरा खान चिकित्सकले सल्लाह् दिएका छन । भारि हिमपात पछि डोल्पाको न्यनतम तापक्रम माइनसमा गएको छ । 

हिउदको समयमा मँसिर,पूस र माघमा परेको हिउले कुनै समस्या नँपार्ने तर फागुन देखि पछाडि परेको हिउले भने ठुलो क्षेति पुर्याउने गरेको बुद्धिजिवीहरुको दावि रहेको छ । यति बेला परेको हिउ पानिको मात्र धेरै हुने भएकोले अत्याधिक भार हुने र जमिन पूरै तातिएको हुने हुनाले हिउ पहिरो जाने गर्दछ । 

यसरि गएको हिउ पहिरोले बनजँगल,बाटो,पुल,चौरिगाँइहरुलाइ समेत क्षेति पुरयाउने गर्दछ । बनमा रहेका चौरिहरु हिउ पहिरोमा परेर मर्ने गरेकोले लाखौको क्षेति ब्यहोर्नु पर्ने माथिल्लो डोल्पाका चौरि पालक कृषकहरु बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ