फागुन २०, बनेपा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधन प्रक्रिया अघि बढाउँदै चुनाव गराउने पक्षमा सरकार लागेको उल्लेख गर्दै निर्वाचन नै संविधान कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २०, बनेपा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधन प्रक्रिया अघि बढाउँदै चुनाव गराउने पक्षमा सरकार लागेको उल्लेख गर्दै निर्वाचन नै संविधान कार"/>
2026-06-27 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान बनाउन नदिने शक्ति असफल बनाउन लग्यो: प्रचण्ड

2017-03-03

फागुन २०, बनेपा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधन प्रक्रिया अघि बढाउँदै चुनाव गराउने पक्षमा सरकार लागेको उल्लेख गर्दै निर्वाचन नै संविधान कार्यान्वयनको माध्यम भएको बताउनुभएको छ । 

काभ्रेपलाञ्चोकको च्यासिङ्खर्क–६ मा नेकपा(माओवादी केन्द्र)ले आज आयोजना गरेको सहिद सप्ताह तथा सभामा उहाँले आगामी वर्ष माघ ७ गतेभित्र नै तीन तहको निर्वाचन हुनुपर्ने संवैधानिक प्रावधान रहेको र वैशाखमा स्थानीय निकायको निर्वाचन सक्नुपर्ने कार्यभार रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले संविधान निर्माण हुन नदिने शक्ति नै संविधान असफल बनाउन र गणतन्त्र, धर्मनिरपेक्षताविरुद्ध लागेको उल्लेख गर्दै भन्नुभयो, –“संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको हो ।” 

माओवादी केन्द्रका अध्यक्ष कामीडाँडा क्षेत्र राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भएको उल्लेख गर्दै त्यस क्षेत्रका मागलाई सम्बोधन गरिने आश्वासन दिनुभयो । 

कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य अमिक शेरचन तथा पोलिटब्युरो सदस्य खुमानसिंह लामा, सूर्यमान दोङलगायतले कामीडाँडाले जनतामा उत्साह थपेको बताउनुभयो । सो अवसरमा उक्त क्षेत्रका बासिन्दाले बाटोको स्तरोन्नति, कृषि पर्यटन क्षेत्र र कामीडाँडालाई चियाको मुख्य क्षेत्र घोषणा, त्यस आसपासका १० गाविसलाई सडक सञ्जालसँग जोडनुपर्नेलगायत माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो