By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    12 minutes ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    31 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    59 minutes ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यसरि हुँदैछ धरान उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > यसरि हुँदैछ धरान उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा
काठमाडौँ - KTMराजनीति

यसरि हुँदैछ धरान उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा

साझासवाल
Last updated: June 12, 2017 9:02 am
साझासवाल
5 Min Read
Share


जेठ २९, धरान । दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा प्रमुख तीन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । 

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक अन्य राजनीतिक दलले उपमहानगर प्रमुख र उपप्रमुखका उम्मेदवार तोकिनसकेकाले प्रमुख तीन दलबीच नै तीव्र प्रतिस्पर्धा हुने भएको हो । 

तीनवटै राजनीतिक दलले धरानको विकास–निर्माण, शान्ति सुरक्षा, सुकुम्बासी समस्या समाधान, सर्दु र सेउतीखोलाबाट बर्सेनि हुने कटान नियन्त्रण, शिक्षा, स्वास्थ्य र खानेपानीलाई चुनावी मुद्दा बनाएका छन् । 

योग्य, सक्षम र धरानका चुनौतीलाई चिर्न सक्ने उम्मेदवार खडा गर्नुपर्ने दलीय विवादका बीच काँग्रेसले पार्टीका धरान नगरसभापति तिलक राईलाई गत बुधबारमात्र नगरप्रमुखमा उठाएको औपचारिक घोषणा गरेपछि यहाँ चुनावी पारो तातेको छ । 

परिस्थितिको समीक्षा गरी लामो कसरत र रस्साकस्सीपछि दुई दिन अघिमात्र एमालेले धरान उपमहानगर विशेष कमिटीका अध्यक्ष तारा सुब्बालाई नगरप्रमुखमा उठाएको छ । 

माओवादी केन्द्रले अइन्द्रविक्रम बेघालाई उपमहानगरको नेतृत्वका लागि अघि सारे पनि अहिलेसम्म उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । काँग्रेसले श्यामा रेग्मी र एमालेले मञ्जु भण्डारीलाई उपप्रमुखका रुपमा उभ्याएको छ । 

वामपन्थीहरुको गढका रुपमा परिचित पूर्वाञ्चलको सुन्दर सहर धरानको नेतृत्व यसपटक प्रजातन्त्रवादी समूहले गर्ने दाबी काँग्रेसका समर्थकले गर्दै आएका छन् भने २०४६ सालयताका सबै निर्वाचनमा कहिल्यै नहारेका साम्यवादी दल आफ्नो विरासत कायम राखेरै छाड्ने दृढता व्यक्त गरिरहेका छन् । 

बीस वडामा विभक्त धरानमा जारी चुनावी प्रचारप्रसार र त्यसमा मतदाताको उत्साहजनक सहभागितालाई विश्लेषण गर्दा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । आजसम्म हारमात्र बेहोरेको काँग्रेसले यसपटक बाजी मार्ने विश्लेषण सुनाउनुहुन्छ प्रा डा गोपालप्रसाद भण्डारी । उहाँ भन्नुहुन्छ – “एमाले र माओवादीबीच नै भोट काटिने भएकाले काँग्रेसको अवस्था सुदृढ बन्दै गएको छ ।” 

वाम पार्टीको उर्वर नगर बनेको धरानका नयाँ पुस्ताले एकपटक प्रजातान्त्रिक शक्तिलाई साथ दिने उहाँको बुझाइ छ । नगरवासीका विकासका आकाङ्क्षा र भावनाअनुरुप यसअघि जितेका वामपन्थी दलले काम नगरेकाले काँग्रेसको स्थिति बलियो बनेको उहाँको तर्क छ । 

सन्तुलित विकास, अन्तर्राष्ट्रिय जगत्सँग धरानको सम्पर्क र सम्बन्ध स्थापना गर्न बाह्य देशका नगरबीच धरानको भगिनी सम्बन्ध, महिला सशक्तीकरण, समतामूलक समाज निर्माणमा योगदान गर्ने जनप्रतिनिधिको खोजीमा धरानका मतदाता रहेका प्रा भण्डारी बताउनुहुन्छ । 

“पार्टीभन्दा व्यक्ति हेर्छौं, विकासका विषय उठाउने र लागुऔषध दुव्र्यसनीको सहरका रुपमा कुख्याति कमाएको धरानको छवि सुधार्नेलाई भोट दिन्छौँ” – विजयपुर चोकमा आयोजित चुनावी सभामा भेटिएका धरान–१४ का मतदाता प्रेमप्रसाद पराजुलीले भन्नुभयो । 

पहिलोपटक मतदान गर्न लागेका उत्साही युवा पुस्ताका मतदाता पराजुलीकै विचारसँग सहमत छन् । प्रमुख तीनवटा पार्टीका कार्यकर्ता भने मतदातालाई आ–आफ्नो पक्षमा पार्न अहोरात्र खटिएका छन् । 

काँग्रेस सुनसरी जिल्ला कार्यसमितिका पूर्व सभापति मदन ढकाल विगतका निर्वाचनको प्रवृत्तिको विश्लेषण गर्दै धरान जनजाति बहुल नगर भएकाले जातीय भोट आकर्षण गर्नसक्ने दलले नै चुनाव जित्ने बताउनुहुन्छ । राजनीतिकभन्दा पनि जातीय समीकरण मिलाउने व्यक्ति विजयी हुने उहाँको ठम्याइ छ । 

यसपटक भाषण गर्नेलाई भन्दा जातीयताका आधारमा धरानेले नगरप्रमुख चयन गर्ने उहाँ बताउनुहुन्छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार धरानमा २८ हजार ५३६ राई जाति छन् । काँग्रेसका उम्मेदवार किराँत राई यायोक्खाका सक्रिय व्यक्ति भएकाले पनि तिलक राईको पल्लाभारी हुने ढकाल बताउनुहुन्छ । 

धरानमा लिम्बूको सङ्ख्या १६ हजार ६१, नेवारको १५ हजार २३७ र क्षेत्रीको १४ हजार ६९२ छ भने कुल मतदाता ७९ हजार २८२ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

काँग्रेस जिल्ला कार्यसमिति सुनसरीका अनुसार धरानमा झन्डै तीन हजार २०० क्रियाशील सदस्य छन् । त्यसैगरी एमालेका दुई हजार २०० र माओवादी केन्द्रका साधारण र सङ्गठित सदस्य गरी चार हजार ५००को हाराहारीमा रहेका क्रमशः एमाले धरान उपमहानगर विशेष कमिटी र माओवादी केन्द्र धरान नगरले जनाएको छ । तीनवटै पार्टीका ती सदस्य आ–आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन लागिपरेका छन् । 

यसैबीच, रासससँग कुरा गर्दै काँग्रेसका उम्मेदवार राईले धरानका उद्योगधन्दा सञ्चालनमा अवरोध हुन नदिने, किसान र मजदुरको शोषण रोक्ने, २०३५ साल यता मर्मतसम्भार नभएका पुलपुलेसा बनाउने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने वडा नं १५ को एक वर्षअघि भत्केको पुल तत्काल निर्माण पहल थाल्ने, १२ हजार सुकुम्बासीका घर व्यवस्थापन गर्ने, धरान–चतरा सडक निर्माणलगायत जनपक्षीय काम गर्ने आफ्ना योजना सुनाउनुभयो । 

त्यसैगरी एमालेका प्रत्यासी सुब्बाले राससको जिज्ञासामा जीर्ण भएको धरान सभागृहलाई अन्तर्राष्ट्रियस्तरको बनाउने, सर्दु, सेउती र हर्दिया खोलामा तटबन्ध निर्माण, मनमोहन स्मृति उद्यान निर्माण, नयाँ बसपार्क बनाउने तथा अधुरा विकास–निर्माणका आयोजना पूरा गर्ने र नगरवासीको ठूलो समस्याका रुपमा रहेको खानेपानीको समस्या समाधान गर्ने चुनावी मुद्दा रहेको बताउनुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article नुवाकोटमा आँप टिप्ने क्रममा लडेर एकको ज्यान गयो
Next Article तुलसीपुरमा ३९ करोड लागतमा सुविधासम्पन्न बसपार्क निर्माण आजदेखि सुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नेकपाभित्र विवाद: घोचपेचमै उत्रिए दाहाल र पोखरेल

57 years ago
राजनीतिरुपन्देही - RPD

‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’ – मन्त्री चौधरी

57 years ago
काठमाडौँ - KTMराजनीति

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री निधिलाई

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

छनोट भएका उम्मेदवारमध्ये एक सय २५ जना कामदार इजरायल जाने तयारीमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?