2026-07-07 02:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’ – मन्त्री चौधरी

फागुन २२, खस्यौली (रासस) | प्रदेश नं ५ का भौातिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभएको छ । 

मङ्गलबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्रदेश नं ५ कमिटीले बुटवलमा गरेको अन्तरक्रियामा उहाँले यातयातलाई व्यवस्थित गर्न प्रदेश नं ५ मा रहेको बाटोलाई व्यवस्थित बनाउने गरी काम अघि बढेको छ भन्नुभयो ।

“कुन यातायातको साधन कुन बाटोमा सञ्चालन गर्ने हो त्यसका लागि पनि बाटोको वर्गीकरण गर्ने गरी विज्ञ टोलीमार्फत काम भइरहेको छ”, मन्त्री चौधरीले भन्नुभयो । 

इ–रिक्साको व्यवस्थापन, पार्किङ व्यवस्थापन, सडक मर्मतजस्ता कार्य मात्र गर्न सके पनि दुर्घटना न्यूनीकरण हुने भन्दै मन्त्री चौधरीले त्यसका लागि प्रदेश सरकारले विज्ञहरुको टोली नै बनाएर काम शुरु गरेको उल्लेख गर्नुभयो । 

ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५, बुटवलका प्रहरी निरीक्षक गङ्गाबहादुर सारुले प्रदेश नं ५ दुर्घटनाको जोखिमका हिसाबले पहिलो स्थानमा रहेको भन्दै त्यसका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । 

सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्लेले यातायात चालकले सवारीसाधन चेलेकै अवस्थामा फोन उठाउने वा नउठाउने भन्ने बारेमा नीति नै बनाएर नियमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सङ्गठनका रुपन्देही अध्यक्ष कृष्ण कँडेलले अवधारणापत्र प्रस्तुत गर्दै भौतिक यान्त्रिक, मानवीय र पर्यावरणीय कारणले दुर्घटना हुने गरेको बताउनुभयो । सङ्गठनले सडक दुर्घटना न्यूनीकरण प्रादेशिक अभियान सञ्चालन गर्ने र एक वर्षमा १५ हजार यातायात मजदुरलाई सडक अनुसाशन र ट्राफिक नियमका बारेमा प्रशिक्षित गर्न आवश्यक भएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने