साउन १७, डोल्पा । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला समन्वय सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, डोल्पा । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला समन्वय सम"/>

2026-07-01 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पा जिससका सम्पूर्ण पदाधिकारी निर्विरोध

2017-08-01

साउन १७, डोल्पा । साउन २० गते हुने भनिएको जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन अगावै सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समितिको निर्वाचनमा निर्वाचित हुने संयोजक, उपसंयोजकलगायत नौ सदस्यीय समिति सबै निर्वाचनअगावै निर्विरोध निर्वाचित भइसकेकाले २० साउनमा डोल्पामा निर्वाचन नहुने नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य हंशबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार, निर्वाचित हुनेमा एमालेको तर्फबाट संयोजकमा काइके गाउँपालिकाका शेरबहादुर बुढा, उपसंयोजकमा ठूलीभेरी नगरपालिकाका एमालेकै नरबहादुर बुढा, सदस्यहरुमा ठूलीभेरी नगरपालिकाबाट एमालेकै क्रमशः रामप्रसाद महत, देवालक्ष्मी रोकाय, प्रेमलाल विक, एमालेबाटै त्रिपुरासुन्दरी नगरपालिकाबाट देवी घर्ती, एमालेबाटै मुड्केचुला गाउँपालिकाबाट माया ठकुल्ला, एमालेकै काइके गाउँपालिकाबाट मैन ठकुल्ला र सोही गाउँपालिकाबाट राप्रपाका चन्द्र बुढा रहेका छन् ।

निर्विरोध निर्वाचित प्रतिनिधिहरुलाई सोमबार सदरमुकाम दुनैमा आ–आफ्ना पार्टीका प्रतिनिधि तथा शुभचिन्तकले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

भौगोलिक विकटताले सदरमुकामसम्म आउन समय अभाव भएकाले उपल्लो डोल्पाका डोल्पो बुद्ध, छार्का ताङ्सोङ, शे–फोक्सुन्डो तथा तल्लो डोल्पाको जगदुल्ला गाउँपालिकाका प्रतिनिधिहरुलाई जिससमा समावेश गर्न नसकिएको केन्द्रीय सदस्य शाहीले जानकारी दिए ।

सोमबार मात्रै सदरमुकाम दुनैमा आयोजित विशेष कार्यक्रमका बीच स्वतन्त्रबाट निर्वाचित भएका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष पेम्बा गुुरुङ एमालेमा प्रवेश गरेको शाहीले बताए । डोल्पाका आठवटै स्थानीय तहमा एमालेबाट प्रमुख तथा उपप्रमुखलगायत जनप्रतिनिधिहरुको बहुमत रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ