2026-07-10 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन: महामन्त्री कोइराला

फागुन १५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताउनुभएको छ ।

रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उहाँले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।” 

महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताउनुभयो । सो अवसरमा रेडियोको संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएबापत राससकर्मी रिपेश दाहाललाई सम्मान गरिएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल