Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मुर्ति नुहाउन पुजारी सहितको टोली छायाँनाथ प्रस्थान

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन १७, मुगु | सोमबार श्रावण शुक्लपक्ष, अष्टमी तिथी जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउनको लागी लगिएको छ ।

मुर्ति लिई पुजारी, स्थानिय बासिन्दा सहित सुरक्षाको लागी नेपाल प्रहरीको टोली सोमबार छायाँनाथ तर्फ प्रस्थान गरेको छ । मुगुम कामारोङ गाउँपालीकाको साविको दोल्फु गा वि स मा अवस्थित छायानाथ धाममा बर्षनी जनैपुर्णिमाको अबसरमा मेला लाग्ने गर्दछ । बिगतका बर्षहरुमा चलिआएको परम्परागत मान्यताका अनुसार यसबर्ष पनी मुर्तिलाई छायाँनाथ धामाम नुहाउन लिईएको हो । छायँनाथ मन्दिरका पुजारी लक्ष्मिकान्त चौलागाईको नेतृत्वमा जिल्ला सदरमुकाम नजिकै रहेको छायाँनाथ मन्दिरमा राखिएको मुर्तिलाई नुहाउन लिईएको छायाँनाथ ब्याबस्थापन समितिका अध्यक्ष भिमचन्द्र हमालले बताउनुभयो । बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ

सोमबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी अथवा परेउ पुर्णीमा दिनमा फर्किने गर्दछ ।यसैबिच, आज नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनी छायाँनाथ मन्दिरमा रहेको अर्को मुर्ति लिएर तिर्थालुहरु लिएर जाने भएका छन् । यि दुई मुर्तिहरुको दर्शन गर्न मुगु लगायत जुम्ला, कालिकोट, बाजुरा, दैलेख लगायतका बिभिन्न जिल्लाहरुका धामीझाग्री तिर्थालुहरु आउने गर्दछन् । – नन्द बहादुर रोकायाको सहयोगमा