

प्रज्वल पाैडेल/साउन १७,काठमाण्डौ ।
सुचना तथा संचारमन्त्री माेहन बहादुर बस्नेतले पत्रकारलाई पुरस्कार र प्रशिक्षण दिनका लागि सरकारले तयारी गरेकाे बताउनुभयो ।
नेपाल पत्रकार महासंघले मंगलबार संचारग्राममा अायाेजना गरेकाे बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बाेधन गर्दै बस्नेतले पत्रकार महासंघ र संचारमन्त्रालय समन्वय गरेर अगाडि बढ्न अाफु तयार रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – “संचार क्षेत्रका समस्या समाधान गर्न यस सँग सम्बन्धित निकायसँग छलफल गरि अगाडि बढ्छु ।”
मुलुकलाई समृद्धिमा लैजाने अबस्थामा पत्रकार अाफै पारिश्रमिक नपाउने, पेशागत सुरक्षा अभाव जस्ता समस्या हुनु दुखद भएकाे बताउदै मन्त्री बस्नेतले यस्ता घटनाले झनै समस्या सिर्जना गर्ने धारणा राख्नुभयाे । देशमा भएको २०४६ र ०६२/६३ सालकाे अान्दाेलनमा, लाेकतन्त्रलाई संस्थागत गर्न पत्रकारले ठुलाे याेगदान पुर्याएकाे बस्नेतले स्मरण गर्नुभयाे ।
१० बर्ष अगाडि र पछाडिको संचारमा फरक रहेकाे छ, उहाँले भन्नुभयाे-‘ पहिलाे एसएलसि पास नगरेकाे व्यक्ति पनि पत्रकार भएकाे तर अहिले पत्रकारिता अध्ययन गरेर नै पेशा अगाल्न थालेका छन् । यद्यपि अझै सरकार, पत्रकार महासंघ , मिडिया सम्बद्घ संस्थाले पत्रकारलाई प्रशिक्षण दिनु अावश्यकता रहेकाे छ।’
उहाँले श्रमजीवी पत्रकारलाई संचारकर्मी शब्दले सम्बाेधन गर्नु उपयुक्त हुने तर्क गर्नुभयाे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले विदेशी टेलिभिजन च्यानल नेपालमा प्रशारण गर्दा क्लिन फिडमा अाउनुपर्ने बताउनुभयाे । प्रेस स्वतन्त्रताकाे विषयमा कानुनमा स्वतन्त्र भएपनि व्यवहारमा हुन नसकेकाे बताउनुभयो ।
उहाँले पेशागत र भाैतिक रूपमा पत्रकार अझै सुरक्षित हुन नसकेको धारणा राख्नुभयाे । विज्ञापनमा एकाधिकार हुन नहुने तर्क गर्दै विष्टले लाेककल्याणकारी/सार्वजनिक विज्ञापन समानुपातिक वितरणमा जानुपर्ने बताउनुभयाे ।


