2026-09-15 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी सक्रिय थिए प्राधिकरण प्रमुख पोख्र्रेल पार्टीको गतिविधिमा (तस्बिरसहित)

असोज १९, प्यूठान । विहिवार पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रा.डा.गोविन्दराज पोख्रेलसँगको सम्वन्धित खवरले धेरै चर्चा पायो । 

चाडपर्वको बेला भूकम्पपीडितलाई टहरामै राखेर गृहजिल्लामा आएर नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारमा सक्रिय पोख्रेलको देशभर चर्को आलोचना भएको छ । आफन्त, इष्टमित्र भेट्ने बाहानबाजी बनाएर पोख्रेल पार्टीका कार्यक्रममा सक्रिय भएपछि उनमाथी सवैले खवरदारी गरेका हुन् ।

पूर्ण रुपमा सरकारी स्वामित्वमा रहेको प्राधिकरणको प्रमुख पदमा बसेर पीडितको सेवा गर्नुको साटो पोख्रेल सरकारकै सवारीसाधन दुरुपयोग गरेर पार्टीको गतिविधिमा सक्रिय भएपछि उनको व्यवहारप्रति कसैले मन पराएका थिएनन् । जिल्लादेखि केन्द्रसम्म उनको सवैले चर्को आलोचना गरे । 

अन्ततः निर्वाचन आयोगको विहिवार नै बसेको बैठकले उनलाई तत्कालै प्यूठान छाडेर काममा फर्कन निर्देशन दियो । पोख्रेललाई २४ घण्टाभित्र लिखित जवाफ दिनसमेत आयोगले निर्देशन दिएको छ । 

नेपाली कांग्रेस प्यूठानले सिइओ पोख्रेल दशैँमा आफन्त भेट्न आएको भनेर विज्ञप्ती निकालेपनि उनी पार्टीको प्रचारप्रसारमा लागेको प्रष्ट देख्न सकिन्छ । सामाजिक सञ्जाल(फेसबुक)मा उनै पोख्रेलले कांग्रेसका नेता, कार्यकर्ताहरुसँगको भेटघाट, छलफलमा खिचेका फोटाहरु पोष्ट गरेका छन् । उनका फोटोहरु देख्दा लाग्छ, यतिबेला भूकम्पपीडितहरुले उनलाई गिज्जाईरहेका होलान् । 

पोख्रेलको कामकारवाहीप्रति आपत्ती जनाउँदै प्यूठानमा क्रियाशिल चार दलहरुले समेत विज्ञप्ती निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् । विज्ञप्ती जारी भएको केही समयभित्र नै निर्वाचन आयोगले उनलाई गरेको कारवाहीको विषयमा प्रमुख जिल्ला अधिकारीलाई पत्र काटेर तत्कालै जिल्ला छाड्न सहयोग गर्न लिखित निर्देशन दिएको थियो ।

तस्विरमा हेरौँ डा.पोख्रेल कांग्रेस प्यूठानको विभिन्न कार्यक्रममा सहभागी भएका गतिविधिहरु:









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ