राष्ट्रियसभा बैठक : जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

साझासवाल
1 Min Read

काठमाडौँ | राष्ट्रियसभा सदस्य वामदेव गौतमले जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने यहाँ अर्को व्यवस्था आउँछ, किनकी संविधान जारी हुँदा नै हामीले समाजवादमा जाने भनेर उद्देश्य राखेका छौँ । जनअपेक्षा पूरा गरौँ ।”

संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपालका कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले एकताबद्ध भएर चिन्तन गर्न आवश्यक रहेको जनाउँदै सांसद गौतमले संविधानमा परिकल्पना गरिएअनुसारको समाजवादको घोषणा गर्न ढिलाइ नगर्न आग्रह गर्नुभयो ।

Share This Article