2026-09-26 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल जस्तै अनौठो घटना छिमेकी भारतमा,बरामद भएको गाँजा चरेस इँटा र ढुंगामा परिणत

नेपालमा पनि बेला बेला बरामद भएको सुनलाई प्रहरीले अदालत लैजाँदा पित्तल बनाएको सुनिन्छ । बरामद भएको गाँजा चरेस पनि नक्कली निस्किन्छ ।
नेपाल जस्तै अनौठो घटना छिमेकी भारतको बिहार राज्यमा भएको छ । बरामद गरेको लागुऔषध चरेसलाई त्यहाँको रेलवे प्रहरीले इँटा र ढुंगामा परिणत गरेपछि हंगामा भएको छ । यो केवल प्रहरीको लापरबाही मात्रै नभएर ठूलो गिरोहको संलग्नता रहेको भन्दै उनीहरूले गम्भीर ढंगले अनुसन्धान गर्न माग गरेका छन् ।

मोतिहारीमा रेल प्रहरीको कर्तुतले सबैलाई अचम्ममा पारेको छ। केही दिनअघि २४ किलो चरेस बेवारिसे अवस्थामा बरामद गरिएको थियो । त्यसलाई अदालका अधिकारीले समेत शिलबन्दी गरेका थिए। तर, जब अदालतमा पेश गरियो, त्यतिखेर चरेसको ठाउँमा इँटा भेटियो। यो देखेर अदालतका अधिकारी पनि पनि अचम्ममा परे । घटना मोतिहारीको सुगौली रेल थाना अन्तर्गतको हो।

गत मार्च ५ तारिखका दिन आरपीएफ (रेलवे सुरक्षा बल) र सुगौली रेल थाना प्रहरीको संयुक्त कारबाहीमा तीनवटा बेवारिसे झोला सुगौली स्टेशनबाट बरामद गरिएको थियो। खानतलासी गर्दा करिब २४ किलो चरेस भेटिएको थियो ।

इँटा भेटिएपछि खैलाबैला

यस घटनाको आधारमा आरपीएफ इन्चार्ज राजीव रञ्जन प्रताप सिंहको निवेदनमा एफआईआर दर्ता गरिएको थियो।
जाहेरी दर्ता भएको दुई महिनापछि अदालतमा मजिस्ट्रेडसामु जब चरेसका पोका खोलियो, तब त्यहाँ इँटा र ढुंगा निस्कियो । चरेसको सट्टा इँटा भेटिएको समाचार फैलिएपछि अदालत परिसरदेखि रेलवे प्रहरी प्रशासनसम्म हंगामा मच्चिएको छ ।

यसबारेमा सुगौलीका सीओ कुन्दन कुमारले आफ्नैसामु तौल गरेर चरेसलाई सिल गरिएको बताउँदै त्यसपछि के के भयो आफूलाई जानकारी नभएको उल्लेख गरे। यता रेल एसपी वीणा कुमारीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धानको आदेश दिएकी छन्। स्थानीयबासीले यो घटना सुगौली रेल प्रहरीले देखाएको चरम लापरवाहीको प्रमाण भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह