<p>पुस १०, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा ओलीले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् ।<br></p><p>ओलीले संसद अवरोध कहिलेसम्म भन्ने प्रश्नमा छोटो जवाफ दिदै भने– 'चुनावसम्म ।'</p><p>एमालेले भदौमा माधव कुमार नेपाल सहित १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा निरन्तर संसद अवरोध गर्दै आएको छ । एमालेले १४ सांसदलाई पदच्युत नगरी सभामुख अग्नि प्रसाद सापकोटाले दल विभाजन गर्न सहयोग गरेको भन्दै लगातार संसद अवरोध गरेको छ । एमालेले विरोध जारी राखे पनि संसद बैठक भने सञ्चालन भईरहेको छ ।</p>
Related News


