अध्यक्ष प्रचण्डले दस्तावेजको भूमिकामा के लेखेका छन् ? (पूर्णपाठसहित)

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
6 Min Read

पुस ११, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी महाधिवेशन अगाडी पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा आफूले महाधविशेनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनको सारांश नेताहरुलाई बाचन गरेर सुनाएका छन्।

उनले ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकमा आफनो राजनीतिक प्रतिवेदन तयार पारेका छन्।

भूमिका र विषय प्रवेश, संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य , पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादीमाथिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु, पार्टीका तात्कालिक नीति, कार्यक्रम र योजनाको रूपरेखा लगायतका उपशीर्षकमा आफनो विषय राखेका छन्। दस्तावेजको विषय प्रवेश भने प्रचण्डले पार्टी केन्द्रीय समिति बैठकमा हु-वहु नै वाचन गरेर सुनाएका थिए।

प्रचण्डको दस्तावेजमा यस्तो छ विषय प्रवेशमा उल्लेख गरिएका विषय:

आज देशको समग्र राजनीतिक परिस्थिती निकै तरल र चुनौतिपूर्ण छ । जनताको लामो सशस्त्र एवंम शान्तिपूर्ण र वलिदानपूर्ण आन्दोलनवाट प्राप्त उपलब्धीहरुमाथी प्रतिगामी हमला वढेर गएको छ। समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्टाउन निरंकुश तत्वहरुले टाउको उठाईरहेका छन्। विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरुका वीचमा मोर्चावन्दी वढदो छ। देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चावन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले मलजल गदै लोकतान्त्रिक प्रक्रिया र राष्टिय स्वाधिनतामाथी हस्तक्षेप वढाएर लगेको छ।

निश्चयनै उपरोक्त प्रकारको प्रतिगामी र निरंकुश प्रवृति र तत्वहरुका विरुद्ध संविधान, लोकतन्त्र, राष्टिय स्वाधिनताका पक्षधर राजनीतिक शक्तिहरुका वीचमा पनि नयाँ प्रकारको धुव्रिकरण र मोर्चावन्दी अगाडी वढदै छ। नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान र राष्टिय स्वाधिनताका पक्षमा स्पष्ट र दृढ रहेको तथ्य प्रतिगमनविरोधी आन्दोलनमा ब्यापक जनसहभागिताले स्पष्ट गरेको पनि छ।

वाम–लोकतान्त्रिक मोर्चावन्दी र ब्यापक जनदवावका कारण तत्कालिन र कार्यनीतिक रुपमा देशी विदेशी र प्रतिक्रियावादीहरुको प्रतिक्रान्तिकारी षडायन्त्रको योजना असफल भएको छ। तर रणनीतिक रुपमा प्रतिक्रान्तिकारी षडयन्त्र गर्ने प्रयत्न्न भने रोकिएको छैन। वस्तुत यो स्थिती भनेको नेपाली समाजमा विधमान वर्गसंर्घषकै राजनीतिक अभिब्यक्ति हो। हिजो जनयुद्ध र जनआन्दोलनवाट पराजित सामान्ती तत्वहरु, दलाल नोकरशाही र तिनका पृष्ठपोषक राजनीतिक दलहरु एकातिर एवंम मजदुर, किसान, राष्टिय पुजीपति वर्गसम्म र पहिचान पक्षधर राजनीतिक शक्ति, जाति क्षेत्र, लिंग, समुदाय, देशभक्त वुद्धिजिविसम्म अर्कोतिर धुव्रिकृत वनेर संर्घष चलिरहेको तथ्य सजिल्यै देख्न सकिन्छ।

यो ऐतिहासिक रुपले अनिवार्य संर्घषका लागि, विजयका लागि अन्ततः वाम लोकतान्त्रिक शक्तिहरुले आफनो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु, आफनो राजनीतक मुद्दालाई ढृढताका साथ जनसमुदायमा सथापित गर्नु र आफनो आचरणलाई जनहित अनुकुल बनाउन अझ जोड लगाउन आवश्यक छ। यस सन्र्दभमा अझ स्पष्ट हुन जरुरी छ की महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधानसभा, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली सहितको धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख वाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ।

तर केही वर्ष देखि स्वंम हाम्रो पार्टीमा देखा परेको वैचारिक राजनीतिक अस्पष्टता, संगठनात्मक विभाजन एवंम गुटवादी अराजकताका साथै शान्ति सम्झौता पछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरी समेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेनौं। यसको परिणाम दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरुले टाउको उठाउने अवसर पाए, पाईरहेका छन्।

पुस ११, काठमाडौँ | यसको विषयमा हाम्रो पार्टीले गम्भिरताका साथ समिक्षा गदै सही विचार, राजनीतक कार्यदिशाको विकास गर्नुको साथै तदनुकुल संगठनात्मक संरचना एवंम कार्यशैलीको विकासमा जोड लगाउनु सर्वाधिक ध्यान दिनुपर्छ। आज राष्टिय राजनीति देखि कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरुको प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव नै हो भन्ने तथ्यलाई आत्मसाथ गर्नुपर्छ। विचारधारात्मक र राजनीतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई हामीले राष्टिय मात्र नभई अन्तराष्टिय आयामवाट पनि हेर्नुपर्छ।

वित्तिय पुँजीवादका रुपमा ब्यक्त भईरहेका विश्वभूमण्डलीकृत साम्राज्यवादका विशेषताहरु, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभाव र आजको उत्पादक शक्ति र उत्पादनको वस्तुवादी आंकलन गरेर तथा हाम्रो आफनै आर्थिक, राजनीतिक, सामाजिक विकासको ठोस अवस्थाको ठोस विश्लेषण र संश्लेषण गरेर मात्र विचारको विकास र स्पष्टता हासिल गर्न सकिन्छ।

वर्तमान राष्टिय र अन्तराष्टिय परिस्थितीमा उभिएर सही विचारधारात्मक राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रुपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनौति आज हाम्रो अगाडी छ। एक्काइशौं शताब्दीमा विश्वकै पछिल्लो क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ताको हैसियतले (हामे जस्तो एक्काइशौं शताब्दीको आन्दोलन कसैले पनि गरेको छैन) जनतामा रहेको कम्युनिष्ट आन्दोलन प्रतिको भरोसाको दृष्टिले तथा विभिन्न अन्तराष्टिय शक्तिकेन्द्रहरुको अन्तरविरोधको केन्द्रीकरणको विशेष स्थिती समेतका कारण क्रान्तिकारी विचार, आन्दोलन, अवसर र चुनौति दुवै हाम्रो अगाडी छन्।

विगतको निर्मम आत्मसमिक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविश्यको सपष्ट रुपरेखा खिच्नुछ । हाम्रो यो आठौं राष्टिय महाधिवेशनले आफनो मुख्य ध्यान विचार संश्लेषणको त्यही ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा दिनेछ।

महान जनयुद्ध, ऐतहासिक जनआन्दोलनका अमर सदिहरुप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गदै वेपत्ता एवंम घाइते योद्धाहरुप्रति हर्दिक सम्मान ब्यक्त गदै र उहाँहरुका परिवारजनप्रति उच्च सम्मान गदै यो आठौं राष्टिय महाधिवेशन ति सहदिहरुका सपना पूरा गर्न निरन्तर क्रान्तिमा अगाडी वढ्ने प्रतिज्ञा गदर्छ।

मलाई लागेको छ – यो निर्माण गर्न मेहनत परेकै छ। तर पनि पूर्ण छ भन्ने छैन। किनभने जुन चापको वीचमा अध्ययन गर्ने र लेखन कार्य गर्ने काम चापमा गर्नुपरयो। त्यसले पक्कै पनि अझ वढी परिमार्जनको आवश्यकता छ नै। मलाई लाग्छ यो महाधिवशेनमा हुने वहसले त्यसलाई परिर्मान गर्नेछ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply