काँग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

पुस ११, काठमाडौँ | नेपाली काँग्रेसले महाधिवेशन र सातै प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानको धारा २६१ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम काँग्रेसले शनिवार आयोगमा दल दर्ता गराएको जानकारी दिए।

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० काँग्रेसले आयोगमा दल दर्ता गराएको हो। प्रवक्ता पौडेलका अनुसार शनिवार दिउँसो १४ औँ महाधिवेशनबाट निर्वाचित संघीय, प्रदेश (समावेशी) कार्यसमितिको नयाँ सूची काँग्रेसले आयोगमा बुझाएको छ। दल दर्ता भएसँगै पार्टीको संशोधित विधान र वार्षिक लेखा परीक्षणको प्रतिवेदन पनि काँग्रेसले आयोगमा बुझाएको छ।

आयोगमा दल दर्ता भएसँगै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा काँग्रेसले भाग लिन पाउने भएको छ। २०७२ फागुनमा १३ औं महाधिवेशन गरेको काँग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो। निर्धारित मितिमा महाधिवेशन नभएर पटक-पटक सारिँदा काँग्रेसको वैधानिकतामाथि प्रश्न उठेको थियो।

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० मा दल दर्ता गर्नुपर्ने भएपछि भने काँग्रेसमाथि महाधिवेशन गर्नै पर्ने दबाब बढेको थियो। किनभने संविधानको धारा २ सय ७१ को व्यवस्था अनुसार चुनाव हुनुभन्दा अगाडि निर्वाचन आयोगमा दल दर्ताको गर्नुपर्ने व्यवस्था छ। अहिले निर्वाचन आयोगमा ९६ वटा राजनीतिक दल दर्ता छन्। निर्वाचन आयोगमा दर्ता भएका सबै दलले निर्वाचनमा भाग लिने ग्यारेन्टी नभएकाले निर्वाचनअघि दल दर्ताको सूचना निकाल्ने गरिन्छ।

संविधानको धारा २६९ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम दल दर्ता गर्न भनेको थियो। उक्त कुरालाई मध्यनजर गरी काँग्रेस यही पुस ७ गतेसम्म महाधिवेशन र सातै प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ। काँग्रेसले शनिवार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राखेर सोही दिउँसो साढे ३ बजे निर्वाचन आयोगमा दल दर्ता गरेको छ। योसँगै आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा काँग्रेसले भाग लिन पाउने निश्चित भएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply