2026-06-16 07:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा ‘बा’बनाउने होइन, कमरेड बनाउने हो : गुरुङ

२०७८ पुष १३, मंगलवार

पुस १३, काठमाडौँ | नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीका जनवर्गीय संगठनको वर्गीय संयुक्त मोर्चालाई सशक्त बनाउन सकेमात्रै एमाले बलियो बन्ने बताएका छन्। प्रेस चौतारी नेपालको केन्द्रीय बैठकमा उनले भने, ‘पार्टीलाई बलियो र सशक्त बनाउन जनसंगठन बलियो र सशक्त बन्नुपर्छ।’

गुरुङले जनवर्गीय संगठन ‘बोस’ उत्पादन गर्नेजस्तो खराब प्रवृत्तिका रूपमा अगाडि बढ्न थालेको बताए। एमालेले आफ्ना जनवर्गीय संगठनलाई ‘बोस’ उत्पादन गर्ने नभई कमरेड र नेता बनाउने संगठनको रूपमा विकास गर्नुपर्ने उनले बताए। ‘जनसंगठनले बोस, दाइ वा बा बनाउने होइन, कमरेड बनाउने हो, नेता बनाउने हो,’ गुरुङले भने।

उनले पार्टी र कार्यकर्ताबाट हार खाएर माधव नेपालले पार्टी त्यागेको टिप्पणी पनि गरे। नेता गुरुङले नेपालले एमालेलाई आरोप लगाए पनि विकल्प भने दिन नसकेको बताए। ‘माधव नेपालले पटक-पटक विभिन्न आरोप लगाउनुभयो तर विकल्प कहिल्यै दिनुभएन,’ उनले भने, ‘अन्तिममा पार्टी र कार्यकर्ताबाट हार खाएर एमाले नै त्याग्नुभयो।’

गुरुङले नेता नेपाल नेतृत्वको पार्टीको कुनै भविष्य नभएको दाबी गरे। मुलुकलाई नेतृत्व दिने पार्टी एमाले एमाले मात्रै भएको उनको भनाइ थियो। ‘केपी ओली जस्तो दृढ संकल्प बोकेको नेताले नेतृत्व गरेको पार्टी हो एमाले। हिजो माधव नेपालले नेतृत्व गर्दा एमाले कमजोर बनेको थियो, अहिले एमाले बलियो बनेको छ। अहिले जुन खालको नीति एमालेले लिएको छ, यसले एमाले मुलुकको थप बलियो पार्टी बन्ने छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते