‘हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरे’ : प्रकाण्ड

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

पुस १३, काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेको आरोप लगाएका छन्। जन पत्रकार संगठन कर्णालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वकर्माले यस्तो आरोप लगाएका हुन्।

२००७ साल, २०४६ साल र २०६२/०६३ को जनआन्दोलने व्यवस्था परिवर्तन ल्याएको र परिवर्तनका लागि लड्ने नेताहरूले राष्ट्रघात गरेको उनले बताए। ‘जनताले ठूलो बलिदानबाट राज्यको परिवर्तन गर्ने गरेका छन्। त्यो सुशासन र विकासका लागि हो,’ उनले भने, ‘तर नेताहरूले कहिले गण्डक, कोसी र कर्णाली बेचेका छन्। अहिले एमसीसीका नाममा पनि त्यस्तै हुँदैछ।’

प्रकाण्डले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर शान्ति भंग गर्न खोजेको आरोप पनि लगाए। उनले केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरे पनि पाँच महिनासम्म कार्यान्वयन नै नगरेको बताए। ‘हामीले सहमति गर्‍यौं- राज्यले बन्दी रिहा र मुद्दा फिर्ता लिएन। ओलीजीले पाँच/छ महिनासम्म रिहा गर्नु भएन। हाम्रा नेता कार्यकर्ताका २१/२२ सय झुटा मुद्दा खारेज गर्नु भएन। बन्दी छोड्दै छोड्नु भएन,’ प्रकाण्डले भने, ‘तीन बुँदे सहमति पालना नगरेर देउवा सरकारले शान्ति भंग गर्न खोजेको छ।’

आफूहरू तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आउन खोजे पनि सरकारबाट धोका भएको उनको जिकिर छ। ‘पहिला ओलीजीले शान्ति भंग गर्ने दिशातिर जानुभयो। त्यसअनुसार आफ्ना गतिविधि गर्नुभयो। देउवा सरकार त्यो भन्दा पृथक हुन सकेको छैन,’ उनले भने, ‘यसले तीन बुँदे सहमति उल्लंघन गर्दैछ भन्ने देखाएको छ। अन्तिममा सत्तापक्ष प्रतिपक्षसँग कुरा गर्छौं। सहमति लागू भएन भने छँदैछ संघर्ष।’

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply