फेरि अर्को दलसँग एकता गर्दै नेपाल

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस १६, काठमाडौँ |</b> माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद्, नेपालबीच पार्टी एकता आज हुँदैछ। आज दिउँसो साढे १२ बजे होटल अर्याल नयाँबानेश्वरमा पार्टी एकता कार्यक्रम राखिएको छ।<br></p><p>पुस १३ गते समाजवादी र नेकपा (जनवादी)बीच पार्टी एकता भएको थियो। जनवादीसँग एकता गरेको एक साता नबित्दै अर्को पार्टीसँग समाजवादीले एकता गर्न लागेको हो। साविक नेकपाको दर्तालाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरिदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए।</p><p>आन्तरिक किचलोका कारण अन्ततः एमाले विभाजन भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका थिए। एकीकृत समाजवादीलाई ९ भदौमा निर्वाचन आयोगले दलको मान्यता दिएको थियो। नयाँ दल दर्ता गरेको पाँच महिनापछि नेपाल वामपन्थी पार्टीबीच एकता अभियानमा लागेका छन्।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply