माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

पुस १६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ। यसअघि बिहीबार २५ समूहको रिपोर्टिङ सकिएपछि कमलादीस्थित प्रज्ञा भवनमै स्थायी समिति बैठकसमेत बसेको थियो।

समूहगत रूपमा आएको सुझावको जवाफबारे छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए। यस्तै, बैठकमा केन्द्रीय समितिमा ल्याइने विभिन्न कलस्टरको प्रतिनिधित्वको विषयमा समेत खाका प्रस्तुत हुने बताएको छ।

माओवादी केन्द्रको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशन लम्बिएको छ। पुस १५ गते सम्पन्न हुने भनिएको महाधिवेशन समूहगत छलफल र त्यसको निष्कर्ष सुनाउन टोली नेतालाई दुई दिन लागेपछि महाधिवेशन लम्बिएको हो। पुष ११ गतेदेखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार भए पनि एक दिन अगाडि मात्रै महाधिवेशनमा रूपान्तरण गरिएको थियो।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो। प्रतिवेदनमाथि छलफल गर्न बनेका २५ वटै समूहले बिहीबार निष्कर्ष पेस गरे।

महाधिवेशन प्रतिनिधिहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि सार्नुपर्ने, अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा २ कार्यकाल, मन्त्री र सांसदमा ४ कार्यकालभन्दा बढी हुन नहुने, पार्टी कमिटीको प्रमुख पदमा २ कार्यकाल मात्र काम गर्नुपर्ने, समानुपातिक पदहरूमा एक कार्यकाल मात्र पठाउनुपर्ने सुझाव दिएका छन्।

पार्टीभित्रै वर्ग जन्मिएको भन्दै महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि र चिन्तासमेत व्यक्त गरेका छन्। वर्गीय शोषण, दमन अन्त्य गर्न राजनीतिमा आएका नेता तथा कार्यकर्ताहरू नै मिटर ब्याजी बनेको विषय पनि उठेको छ। गरिबलाई रुवाउन उनीहरूले सुदखोरलाई सघाउने गरेको पनि निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमाथि उठेका प्रश्न, सुझाव र जिज्ञासाको अध्यक्ष प्रचण्डले शुक्रवार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा जवाफ दिने र प्रतिवेदन पारित गर्ने कार्यसूची छ। त्यससँगै अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ। उक्त प्रक्रिया सकिएपछि मात्रै नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ। नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रले जनाएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply