सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस २१, काठमाडौँ | मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। बुधबार दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भारतको गुजरातमा हुने दशौं संस्करणको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन र खर्च निकासाबारे छलफल हुनेछ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल पुस २५ गते नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली हुँदै गुजरात जानुहुनेछ। दिल्लीसम्म निगमको व्यावसायिक उडान भए पनि त्यहाँबाट गुजरातसम्म भने सरकारले वायु सेवा निगमको विमान चार्टड गर्नुपर्ने हुन्छ। यस विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुने सिंहदरवार स्रोतले जानकारी दियो।

यस्तै, जापान सरकारबाट प्राप्त हुने आर्थिक वृद्धि तथा उत्थानशीलताका १० अर्ब ३९ करोड रुपैयाँको सहयता स्वीकार गर्ने प्रस्तावमा छलफल हुनेछ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply