प्रधानमन्त्री देउवाकाे भारत भ्रमण किन भयो एकाएक स्थगित ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस २२, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।

जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट गुजरात जाने कार्यक्रम रहेकाे थियो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ । ‘सम्मेलन स्थगित भएको औपचारिक जानकारी आएको छैन, तर स्थगित भएको भए उहाँ (प्रधानमन्त्री) जानुहुन्न,’ बालुवाटार स्रोतले भन्यो ।

गुजरात सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई समेत भेट्ने कार्यक्रम तय भएको थियो ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply