पुस २२, काठमाडौँ । काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, काठमाडौँ । काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार "/>
2026-08-29 07:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल दुर्घटना मृत्यु

पुस २२, काठमाडौँ । काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले केन्द्रीय समाचार कक्षले जनाएको छ । घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

२२३ मोटरसाइकल फेला 

ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट हराएका २२३ मोटरसाइकल फेला पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोशाकमा खटिएका प्रहरी टोलीले उपत्यकाका विभिन्न क्षेत्रबाट हराएका ती मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

सोही सिलसिलामा महाशाखाले आज २६ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाले उपत्यकाका पशुपति, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो, कलङ्की, नयाँबसपार्क लगायतका स्थानबाट हराएका १७ मोटरसाइकल तथा ९ स्कुटर फेला पारेर सम्बन्धित धनीको जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले एकान्त स्थानमा सवारी पार्किङ गर्दा हराउने गरेको जनाउँदै पार्किङ गर्दा ख्याल गर्न सवारी धनीलाई आग्रह गर्नुभयो । विशेष सूचना तथा सुराकीका आधारमा महाशाखाले मोटरसाइकल खोज्दै आएको उहाँको भनाइ थियो ।

सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र सवारीसाधन राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध समेत गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा मोटरसाइकल चोरी कार्यमा सङ्लग्न ३२ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ । महाशाखाले सवारी हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ वा नजिकको ट्राफिक प्रहरीलाई सम्पर्क गर्न र निवेदन दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो