बालेन साहका फराकिलो अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम

साझासवाल

जेठ ४, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन्।अहिलेसम्म ३९ हजार ५ सय २० मत गणना गर्दा स्वतन्त्र उम्मेदवार बालेनले १५ हजार ४ सय २ मत पाएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।

त्यस्तै एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २ सय ८८ मत ल्याएका छन्  भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २ सय ९० मत पाएकी छन्।

महानगरमा वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ।

Leave a Comment

Leave a Reply