जनकपुरको स्वतन्त्र उमेदवार साहको मतान्तर बढ्दै

साझासवाल
1 Min Read

जेठ ६, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख पदमा स्वतन्त्र उमेदवारी दिएका मनोज कुमार साहको मतान्तर बढ्दै गएको छ । साहले अहिलेको ताजा मत परिणामअनुसार ७ हजार २६९ मत ल्याएर अग्रता कायमै राखेका छन् । साहलाई नेकपा एमालेका उमेदवार शिवशंकर साह (हीरा)ले ५ हजार ३१ मत ल्याएर पछ्याइरहेका छन् ।

हीराभन्दा २ हजार २३८ मतले मनोज अघि छन् । सुरुवाती गणनामा कमजोर देखिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत पनि बढ्न थालेको छ । ग्रामीण क्षेत्रको गणनामा उनको मत बढेको बताइएको छ । लोसपाका उमेदवार मनोज चौधरीले २ हजार ७६५ मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार बलराम महतोले २ हजार २९८ र गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उमेदवार लालकिशोर साह १ हजार ९५० मत ल्याएका छन् । अर्का स्वतन्त्र उमेदवार जानकीराम साह १ हजार २३४, जनमत पार्टीका उमेदवार अनिता देवी ८५५ र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)की विभा ठाकुरले ७८८ मत प्राप्त गरेकी छिन् ।

Share This Article
Leave a Comment

Leave a Reply