असार ७, काठमाडौं | नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसदमा झगडा मात्र होइन, रगडा नै देखिन थालेको भन्दै गुनासो गरेका छन् । उनले सरकारको उच्च ओहोदामा बसेका नेताहरूले आफ्नो मानसम्मान कायम राख्नुपर्ने बताए ।

सांसद गौतमले मलको हाहाकार कायमै रहेको भन्दै सरकारको आलोचना गरे । सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेता सांसदले जति कराए पनि मल ल्याउन नसकेको उनको भनाइ छ ।

खेतीका बेला रासायनिक मल र इन्धन बढ्नु दुःखद रहेको उनले बताए । इन्धनमा मूल्य बढे पनि सरकारले निश्चित राहत दिनुपर्ने उल्लेख गरे । बर्खा लागिसक्दा पनि सरकारले विपद न्यूनिकरणका लागि पूर्वतयारी गर्न नसकेको भन्दै तत्काल पूर्वतयारी थाल्न सुझाव दिए ।