असार ७, मोरङ | मोरङ मिक्लाजुङमा बंगुरको चारो खोज्न जंगल गएकी १४ वर्षीया बालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ । ती बालिकाको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो ।

बलात्कार आरोप लागेका मिक्लाजुङ गाउँपालिका–४ का ४४ वर्षीय छविराज चाम्लिङ राई भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बालिका अचानक बिरामी परेपछि उपचारका लागि अस्पतालमा लग्दा गर्भ रहेको खुलेको हो । स्वास्थ्य परीक्षण गराउँदा ४ महिनाको गर्भ रहेको पत्ता लागेको मोरङ प्रहरीले जनाएको छ ।

बंगुरलाई चारो खोज्न बालिका जंगल पुगेका बेला राईले नियन्त्रणमा लिएर २०७८ माघ २६ गते बलात्कार गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना बाहिर ल्याएमा र कसैलाई सुनाएमा मारिदिनेसम्मको धम्की दिएको बालिकाले परिवारलाई बताएकी छन् ।