२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि देशभरि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा

२०७९, ७ असार मंगलवार ०८:५४

असार ७, काठमाडौं | वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आफ्ना जहाज र हेलिकप्टर नचलाउने निर्णय गरेको हो।

सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णयको विरोधमा संघले यस्तो निर्णय गरेको हो। सरकारको निर्णयमा चित्त नबुझेका कारण अत्यावश्यक सेवा बन्द गर्ने घोषणा गरेको संघले जनाएको छ।


‘बाध्यात्मक रूपमा यस संघसँग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९ असार ८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघले भनेको छ। सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ। अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन्। 'बिहान पहिलो उडान सबैले एकैपटक गर्दा ट्राफिक जाम, होल्डिङमा बस्नुपर्ने जस्ता समस्या भयो,' सिटौलाले भने, 'उता बाहिरका विमानस्थलको क्षमता भने प्रयोगमा आउन सकेन।'

उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन्। यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्ने भएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हेलिकप्टरको हकमा आज मंगलबार र जहाजको हकमा असार १३ गतेबाट यो नियम लागू हुँदैछ।

प्रभु हेलिकप्टरका ६ वटै जहाज पोखरा विमानस्थलमा रात्रिकालीन पार्किङका लागि पुग्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। त्यस्तै श्री एयरलाइन्सका ८ वटा हेलिकप्टरमध्ये ३ वटा बाहिर बास बस्न पुग्नु पर्नेछ।

नेपालगन्ज विमानस्थलमा सिम्रिक एयरका ५ वटै हेलिकप्टर पार्किङका लागि पुग्नु पर्नेछ।

एयर डाइनेस्टीका दुई वटा, फिस्टेलका दुई वटा हेलिकप्टरले काठमाडौंबाहिर तोकिएको आधारबाट पहिलो उडान गर्नुपर्ने विमानस्थलका प्रवक्ता सिटौलाले जानकारी दिए। उनका अनुसार अल्टिच्यड, हे लिएभरेस्ट, मनाङ, माउन्टेन, कैलाश र मुस्ताङ कम्पनीले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्ने गरी आधार तोकिएको छ।

त्यस्तै असार १३ गतेबाट लागू हुने गरी जहाज कम्पनीहरूलाई काठमाडौं बाहिरका विमानस्थलमा आधार तोकिएको छ। हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन्। ३५ वटा जहाज भने काठमाडौंबाहिर पुग्नुपर्ने प्रवक्ता सिटौला बताउँछन्

'जम्मा सञ्चालनमा रहेका जहाजमध्ये एक तिहाइ काठमाडौं विमानस्थलमा र दुइ तिहाइलाई बाहिरका लागि बेस तोकिएको छ,' उनले भने।

जसअनुसार बुद्ध एयरका सञ्चालनमा रहेका १६ जहाजमध्ये छ वटा, यतीका पाँचमध्ये तीन वटा, श्री एयरका आठमध्ये छ वटा बाहिर जानु पर्नेछ। त्यस्तै सौर्यका तीनमध्ये दुई वटा, समिटका चारमध्ये तीन वटा, ताराका तीनमध्ये दुई वटा जहाज बाहिर रात्रिकालीन पार्किङका लागि पुग्नु पर्नेछ।

सीता एयरका चारमध्ये तीन वटा, गुणका सातमध्ये पाँच वटा र नेपाल एयरलाइन्सका सञ्चालनमा रहेका दुई वटा ट्विनअटरमध्ये एउटाले उपत्यका बाहिरबाट पहिलो उडान गर्नु पर्नेछ।

एयरलाइन्सहरू काठमाडौंबाहिर चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थल पुग्नुपर्ने सिटौलाले जानकारी दिए।

भोलिदेखि देशभरि जहाज र हेलिकप्टर नचलाउने वायु सेवा सञ्चालक संघको घोषणा  (भिडिओ) :: सविना कार्की :: Setopati


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै