२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा कम खर्च काठमाडौंका उम्मेदवारले गर्नुपर्ने

२०७९, १ कार्तिक मंगलवार ०७:२५

कात्तिक १, काठमाडौँ | आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ । 

निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धि खर्च निर्धारण गरेको हो । 

देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम खर्च काठमाडौं जिल्लामा उम्मेदवारी दिनेले गर्नुपर्ने आयोगले जनाएको हो । 

आयोगका अनुसार काठमाडौं जिल्लामा रहेका १० वटा निर्वाचन क्षेत्रमध्ये ५ वटामा उम्मेदवारी दिने प्रत्येकले बढीमा २५ लाख रुपैयाँ र बाँकी पाँच वटामा उम्मेदवारी दिने प्रत्येकले २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । 

उम्मेदवारले प्रचार–प्रसारमा २५ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्ष्ोत्रमा १, ३, ६, ७ र ८ रहेका छन् । 

यस्तै, उम्मेदवारले प्रचार–प्रसारमा बढीमा २७ लाख रुपैयाँ खर्च गर्न पाउने काठमाडौंका पाँच निर्वाचन क्षेत्रमा २, ४, ५, ९ र १० रहेका छन् । 

निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने हिसाबले देशका १६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ । 

पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २५ लाख रुपैयाँ, दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँ, तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँ, चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँ र पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट