2026-10-16 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा काम गर्न जान साढे ३ हजारले लिए ‘सीमा पास’, मासिक कति कमाई हुन्छ ?

भदौ २४, हुम्ला | छिमेकी मित्रराष्ट्र चीनमा काम गर्न जानका लागि तीन हजार ५०० हुम्लीले सीमा पास बनाएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका खुलेपछि कामको खोजीका लागि वैशाखदेखि उनीहरुले नयाँ सीमा पास नवीकरण गरेको जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।

यो नाका हिमपातका कारण वर्षमा छ महीना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि  बन्द भई जेठदेखि पुनः हिल्सा नाका खुल्छ । अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरु दैनिक सीमा पास लिन आउने गरेको सहायक प्रजिअ महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।

छिमेकी राष्ट्रचीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् । जिल्लाका अन्य सर्केगाड गाउँपालिका र नाम्खा गाउँपालिकाका युवाले पनि जिल्ला प्रशासनबाट सीमा पास बढी बनाएका सहायक प्रजिअ पोखरेलले बताउनुभयो । 

हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रुपमा त्यसतर्फ जाने गरेको सिमकोट गाउँपालिका–२ निवासी उपेश भण्डारीले जानकारी दिनुभयो । हिल्सा नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा रोजगारीका लागि यहाँका युवा जाने गरेका छन् । केही समय अगाडि चिनियाँ सरकारले हुम्ली कामदारको सीमा पास खोसेर फिर्ता पठाएता थियो । तर पछि चीनको ताक्लाकोटमा तीस किलोमिटरभन्दा टाढा जान नदिने सहमतिमा हुम्ली कामदारले काम गरिरहेको ताक्लाकोटमा पुगेका भण्डारीले जानकारी दिनुभयो । हुम्लाका नागरीकले बर्सेनि यसरी नै रोजगारीका लागि चीनको ताक्लाकोटमा कामदारका रुपमा जाने गर्छन् ।

हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा १०० देखि १८० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका उजिर बोहराले जानकारी दिनुभयो । कामदारका रूपमा बर्खायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई हुम्लीले मनग्य आम्दानी गर्दै आएका छन् । हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रुपैयाँ कमाउने गर्छन् । 

ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मुख्य स्थलका रूपमा परिचित हुँदै आएको छ । हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन् । हुम्लाबाट जडीबुटी, काठ, हस्तकलाका सामग्री चीनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ भने नेपालीले दैनिक उपभाोग्यको सामान, लत्ताकपडा, निर्माणसम्बन्धी सामग्री आयात गर्ने गरेका छन् ।

हुम्लीले मैदा, खाद्यपदार्थ लगायतका सामग्री मनग्य आयात गर्दै आएका छन् । धेरै पहिले कमाईका लागि भारत जाने गरेका हुम्लीका लागि केही वर्षअगाडि देखि चीन प्रमुख आयस्रोत स्थल बन्दै गएको छ । गत वर्ष ताक्लाकोटमा काम गरेबापत प्रतिव्यक्ति १०० देखि २५० चिनियाँ युवान दिएपछि यस वर्ष कामका लागि ताक्लाकोट जाने बेरोजगार हुम्लीको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने जिल्ला प्रशासन हुम्लाले जनाएको छ ।

हुम्लाका अन्य गाउँपालिकाभन्दा उत्तरी नाम्खा गाउँपालिकाका गाउँ लिमिका तिल, हल्जी र जाङ्ग तिनै गाउँबाट पशुवस्तु चराउने गोठालाबाहेक घरका सबै सदस्य कामका लागि ताक्लाकोट जाने गर्छन् । गएका वर्षभन्दा यो वर्ष ताक्लाकोटमा काम गर्न जाने कामदारको सङ्ख्या बढे तापनि विगतका वर्षमा जसरी काम पाउन सहज नभएको बताउने गरेको केही दिनअगाडि केरुङ हुँदै ताक्लाकोटबाट सिमकोट पुगेका नेपाल खाद्य संस्थान हुम्ला शाखाका प्रमुख रावबहादुर विष्टले जानकारी दिनुभयो । पहिला काम पाउन पनि सजिलो हुने र काम गरेबापत काम हेरेर राम्रो आम्दानी हुने भए तापनि यो वर्ष कम ज्याला र कुनै दिन यतिकै बसिरहनुपर्ने अवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु