काठमाडौँ-२, ७ र ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना निर्वाचित

साझासवाल
2 Min Read

मङ्सिर ७, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जनाले प्रतिनिधि सभा सदस्यमा बिजय हाँशिल गरेका छन् । काठमाडौँको क्षेत्र नम्वर-२, ७ र ८ बाट क्रमश सोविता गौतम, गणेश पराजुली र बिराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

काठमाडौँ २ बाट बिजयी बनेकि सोविता गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी नेकपा एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरे । यसै क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्ती देवी पोखरेल (उपाध्याय) तेश्रो बनिन् । उनले ११ हजार १४ मत पाउँदा चौथो स्थानमा गठबन्धनकि उम्मेदवार माओवादी केन्द्रकि ओनसरी घर्तिले ९ हजार ४४९ मत प्राप्त गरिन् ।

काठमाडौँ ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ८ हजार ७४३ मत पाएर बिजयी बन्दा उनलाई पछ्याएका नेकपा एमालेका श्‍याम कुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरे । त्यस्तै यसै क्षेत्रमा गठबन्धनकि उम्मेदवार माओवादी केन्द्रबाट उम्मेदवार बनेकी मानुषी यामी भट्टराईले ६ हजार ६३ मत प्राप गरेकी छन् ।

त्यस्तै काठमाडौँ ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराज भक्त श्रेष्ठले १० हजार १०५ मत पाएर बिजयी भएका छन् । उनले हाम्रो नेपाल पार्टीका उम्मेदवार सुमन सायमीलाई पछि पार्दै बिजयी भएका हुन् । सायमीले ६ हजार १७४ मत पाएका छन् । यसै क्षेत्रमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार २६६ मत प्राप्त गरेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply