काठमाडौँ–१० मा कांग्रेसका केसी विजयी

साझासवाल
1 Min Read

<p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/fe68b14c3e21a33413b31639d44dc5f11669171477.jpeg" style="width: 502.701px; height: 296.594px; float: left;">मङ्सिर ७, काठमाडौँ । काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उहाँले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी हुनुभएको हो ।<br></p><p>प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित हुनुभएको हो । यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ । एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार तीन सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।</p>

Share This Article
Leave a Comment

Leave a Reply