समानुपातिक मत अपडेट: साढे ९६ लाख मत गन्दा कुन दललाई कति ?

साझासवाल
1 Min Read

मङ्सिर १३, काठमाडौँ | गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको आज (मंगलबार) बिहान ११ बजेसम्म कुल ९६ लाख ४७ हजार ४१० मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २६ लाख  ३३६ मत प्राप्त गरी पहिलो स्थानमा कायम राखेको हो ।

त्यस्तै नेपाली कांग्रेसले २४ लाख ६४ हजार ३१मत प्राप्त गर्दै दोस्रो स्थानमा रहि एमालेलाई पछ्याइरहेको छ त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७ हजार ७१८ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७५ हजार १५५ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५३ हजार ९७४ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ६७ हजार ७६० मत प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा जनमत पार्टी ३ लाख १६ हजर ५९२ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ लाख ६५ हजार ९८४ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार ५४८ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३८  हजार ६९० मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।

Share This Article
Leave a Comment

Leave a Reply