मङ्सिर १८, काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। आज बिहान एमालेका नेता बाँस्कोटाको भक्तपुर लोकन्थलीस्थित घरको पर्खाल छेउमा शंकास्पद वस्तु फेला परेको थियो।

लगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो। सेनाले शंकास्पद वस्तु निष्क्रिय पारेपछि उक्त वस्तु बम नभएको पुष्टि भएको हो।

बाँस्कोटा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रे- २ बाट निर्वाचित भएका थिए। यसअघि पनि बाँस्कोटाको यस घरमा बम विष्फोट भएको थियो। २०७६ को फागुनमा बम विष्फोट हुँदा घरमा क्षति पुगेको थियो। त्यसबेला विष्फोटको जिम्मा विप्लव समूहले लिएको थियो।

हाल बाँस्कोटा काभ्रेस्थित घरमा छन्।

Related News