मैले सोचेजस्तो परिणाम आएन, राजीनामा दिन खोज्दा पार्टीले दिएन: राजेन्द्र लिङदेन

साझासवाल
1 Min Read

पुस ४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन परिणाम आफूले सोचेजस्तो नआएको बताएका छन्। आफूले दावी गरेजस्तो मत ल्याउन नसकेपछि राजीनामा दिन खोज्दा पार्टीले रोकेको उनले बताए।

पार्टीका तर्फबाट निर्वाचित सांसदहरुलाई बधाइ दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामबाट आफू सन्तुष्ट नरहेको र परिणाम आउने बितिकै आफूले राजीनामा दिन खोजेपनि पार्टी भित्र छलफल गर्दा केही समस्या आउने देखेर पछि हटेको बताए।

पार्टीले सोचेजस्तो परिणाम आउन नसक्नुको सम्पूर्ण जिम्मेवारी अध्यक्षको हिसाबले आफुले लिने बताउँदै उनले अहिलेको मतपरिणामको मूल्याङ्कन गर्दा जनताले आशाको दृष्टिकोणले हेर्न थालेकाले राप्रपालाई मुलुकको राष्ट्रिय पार्टी बनाएर आफ्ना मूल्य मान्यताहरु स्थापित गर्ने बताए।

आफूहरू मन्त्री बन्नका लागि कुनै नेताको घर नधाउने पनि उनले बताए।

Share This Article
Leave a Comment

Leave a Reply