पुस १२, काठमाडौँ । नेकपा बहुमतका नेता धमेन्द्र बाँस्तोलाले संसदीय व्यवस्थाले देशको विकास नहुने बताएका छन्।

नेकपा बहुमत क्रान्तिकारी र नेकपा मशालबीच एकताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मंसिर ४ को निर्वाचनमा खसेको मतबाटै संसदीय व्यवस्थामाथि असन्तुष्टि देखेको बताए।

भ्रष्टाचार र अस्थिरतातर्फ लैजाने उनको भनाइ छ। उनले नागरिकता विवाद नटुंगिदै रवि लामिछानेलाई गृहमन्त्री बनाएको प्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘रवि छामिछानेले गृहमन्त्री नपाए समर्थन फिर्ता गर्छु भन्नुभयो। उहाँको नागरिकता विवादबारे सर्वोच्च अदालतमा मुद्धा छ। नेपाली नागरिक हो कि अमेरिकी भन्ने टुंगो भएको छैन। कानुनी हिसाबले उहाँले नेपाली नागरिकता छाडिसक्नुभएको छ। उहाँ एउटा अमेरिकन नागरिकका हिसाबले चुनावमा जानुभयो र जित्नुभयो।’

विदेशी नागरिक अदालतमा मुद्धा हुँदासम्म उपप्रधानसहित गृहमन्त्री संसदीय व्यवस्थाले समृद्धि ल्याउन नसक्ने जिकिर गरे।

उनले भने, ‘भोलि अदालतले सफाइ देला तर त्यो अलग कुरा भयो। तर, अदालतको फैसला नआउँदै गृहमन्त्री भए। त्यसले यो व्यवस्थामा कुनै नीति र नैतिकता नभएको देखाउँछ। अराजकता मात्रै छ।’