२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरराष्ट्रिय विमानस्थल : काठमाडौँमा चाप, भैरहवामा यात्रु नहुँदा उडान बन्द

२०७९, १९ पुष मंगलवार ११:५९

पुस १९, काठमाडौँ । सरकारले पुस १७ गते आइतबार तामझामका साथ पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्यायो। तेस्रो अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइरहँदा यसअघि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ। 

यता काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढी रहेको छ। आजभन्दा करिब ७ महिनाअघि तामझामका साथ उद्घाटन गरिएको विमानस्थलमा यति वेला अन्तरराष्ट्रिय उडान नै छैन।

मौसम प्रतिकूलताको कारण देखाउँदै हिमालय एयरलाइन्स र जजिरा एयरलाइन्सले गर्दै आएको  उडान स्थगित गरेसँगै अन्तरराष्ट्रिय उडान बन्द भएको हो। १६ कात्तिकदेखि उडान शुरु गरेको हिमालय एयरलाइन्सले १ पुसदेखि उडान रोकेको छ। 


विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले कुवेत उडान गर्दै आएको थियो भने हिमालय एयरलाइन्सले चार्टरमार्फत मलेसिया उडान शुरु गरेको थियो। साताको तीन दिन उडान गर्दै आएको जजिराले यति वेला सबै उडान बन्द गरेको छ। मौसमको कारण देखाए पनि यात्रु कम भएर उडान बन्द गरेको हो। 

मौसमका कारणले यात्रु कम भएको विमानस्थलको भनाइ छ। त्यसैगरी ६ पुसदेखि जजिरा एयरलाइन्सले पनि अन्तराष्ट्रिय उडान रोकेको गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी सुवास झाले जानकारी दिए। मौसमको प्रतिकूलता र यात्रुको संख्यामा कमी आएकाले उडान बन्द भएको विमानस्थलले जनाएको छ। 

आन्तरिकतर्फका उडान पनि मौसमका कारण प्रभावित भएको उनले बताए। आन्तरिकतर्फ दैनिक १८ देखि २० वटासम्म उडान हुनेमा हाल ५ वटा उडान भने पनि समस्या भएको उनको भनाइ छ। जजिराले मौसममा सुधार आएपछि नियमित उडान गर्ने बताएको उनले जानकारी दिए। यसका लागि अझै समय लाग्ने देखिन्छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको गौतम बुद्ध विमानस्थलबाट हिमालय एयरलाइन्सले मलेसियाका लागि दैनिक चार्टर उडान शुरु गरेको हो तर भैरहवाबाट चार्टर उडान गर्न विमानसेवाहरू तयार भएका थिएनन्। मौसमका कारण उडान भर्न नसकेर काठमाडौं सारिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। यात्रुको समस्या नभएको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौला बताउँछन्।  

पोखराको अन्तरराष्ट्रिय उडान फागुनमा 

१७ पुसमा उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलले फागुनको पहिलो साताबाट मात्र अन्तरराष्ट्रिय उडान सुरु गर्ने भएको छ। आन्तरिक दैनिक ३० वटा आन्तरिक उडान गरिरहेको विमानस्थलले अन्तराष्ट्रिय उडान २ महिनापछि मात्र गर्ने तयारी रहेको प्राधिकरणका सूचना अधिकारी निरौलाले जानकारी दिए। 

भैरहवाको उडान प्रभावित र पोखराको उडान गर्न समय लाग्ने हुँदा काठमाडौँको त्रिभुवन विमानस्थलमा चाप बढ्ने भएको भने अर्कातिर देशका विभिन्न भूभागबाट वैदेशिक यात्राका लागि काठमाडौं धाउने समस्या उस्तै देखिन्छ। 

राजधानी केन्द्रित पूर्वाधार, वैदेशिक रोजगारीका समस्या 

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सहज बनाउने भन्दै भैरहवास्थित गौतम बुद्ध विमानस्थल शुरु गरियो तर वेला वेला उडान बन्द गर्ने, वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पूर्वाधारको पर्याप्त व्यवस्था गर्न नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ। 

दोस्रो ठूलो अन्तरराष्ट्रिय विमानस्थल  निर्माण भएर सञ्चालनमा आएको ६ महिना पुग्दा पनि अन्तरराष्ट्रिय उडान अझ भनाैौँ वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेको छैन। वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने राहदानी बनाउनेदेखि म्यानपावर खोज्न, प्रहरी रिपोर्ट बनाउन लगायत सबै कामका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता कायमै छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ