रवि लामिछाने एकदुई दिनमा पुन: गृहमन्त्रालयमा फर्कने सम्भावना

साझासवाल
2 Min Read

माघ १५, काठमाडौं । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुन:प्राप्तिसंगै गृहमन्त्री हुने चर्चा गरिएको छ । त्यसो त लामिछानेले नागरिकता पुनर्प्राप्तिको प्रक्रिया थालिहाल्ने स्रोतले बताएको छ ।

सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गुमेको अवस्था छ । यस्तो अवस्थामा उनले नागरिकता पुनर्प्राप्तिको लागि सहज अवस्था छ ।

उनले अमेरिकी नागरिकता त्यागेको निस्सासहित पुरानो नागरिकता पेस गरेमा लामिछानेले नयाँ नागरिकता पाउन सक्ने काठमाडौं प्रशासन स्रोतले बताएको छ । नागरिकताको बैद्द्तासँगै लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति हुनेछन् । र चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार हुन समेत उनलाई कुनै समस्या पर्दैन ।

त्यसो त उपनिर्वाचन अगावै उनि गृहमन्त्रीमा नियुक्त हुने बाटो समेत छ । लामिछानले नागरिकता पाएसंगै उनी पुनः ६ महिनाका लागि गृह तथा उपप्रधानमन्त्री नियुक्त हुन समेत सक्छन् । ६ महिनाभित्र उनले चुनाव जितेर आएमा उनि सांसद बन्छन् र गृहमन्त्रीमा निरन्तरता पाउँछन् ।

नेपालको संविधानअनुसार कुनै पनि व्यक्ति मन्त्री हुनसक्ने र त्यसरी मन्त्री नियुक्त हुने व्यक्ति ६ महिनाभित्र प्रतिनिधिसभा सदस्य बन्नुपर्ने व्यवस्था छ । गत निर्वाचनमा भारी मतान्तरले प्रतिष्पर्धीहरुलाई पराजय गर्दै जित निकालेका लामिछानेले उपनिर्वाचन भएर फेरी उम्मेदवार बने चितवन–२ मा जित हासिल गर्न झनै सहज अवस्था भएको विश्लेषण गरिएको छ ।

सत्ता गठबन्धनका नेताहरु समेत रविले नेपाली नागरिकता लिएपछि पुनः गृह मन्त्रालयमै फिर्ता हुने विषयमा सकारात्मक रहेको अवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ‘सत्ता गठबन्धनमा फाटो नआओस्’ भन्ने उद्देश्यले पुनः रविलाई नै गृहमन्त्री नियुक्त गर्ने विषयमा सकारात्मक छन् । त्यसो त लामिछाने पार्टीबाट बाहिरिए पनि रास्वपामा लामिछानेकै कुरा चल्छ । यो अवस्थामा लामिछानेलाई नै गृहमन्त्री पद दिन समर्थकहरुको समेत सरकार बिरुद्ध संघर्ष रहेको अवस्था छ ।

Share This Article
Leave a Comment

Leave a Reply