असार २६, काठमाडौँ | सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लम्जुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ । लम्जुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको छ |

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १०: १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको छ । हेलिकप्टरमा क्याप्टेनसहित पाँच जना मेक्सिकनका नागरिक रहेको छ |

स्थानीयका अनुसार लामजुरा नजिक ठूलो आवाज आएका कारण त्यहाँ खसेको हुनसक्ने आशंका गरिएको हो।

हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको ठाउँ प्रहरी चौकीबाट साढे २ घण्टाको दुरीमा छन् । जिल्ला सदरमुकामबाट पनि प्रहरी टोली घटनास्थल तर्फ लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिए । सदरमुकामबाट लम्जुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।