साउन १४, चितवन । चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ । 

रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो । माडीको खोलाले अहिले खतराको तह समेत नाघेकाले बस्ती डुबान भएको जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, चितवन । चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ । 

रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो । माडीको खोलाले अहिले खतराको तह समेत नाघेकाले बस्ती डुबान भएको जिल्ला "/>

2026-08-30 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातिदेखि परेको भारी वर्षाका कारण चितवनमा ४५ घर डुबानमा

साउन १४, चितवन । चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ । 

रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो । माडीको खोलाले अहिले खतराको तह समेत नाघेकाले बस्ती डुबान भएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए । 

पानीको सतह ३.४ मिटर भए चेतावनीको तह मानिन्छ । ३.८ मिटर बाढीको तह पुगेमा खतराको सङ्केतमा साइरन बज्छ तर अहिले बाढी खतराको तह नाघेर ३.९ पुगेको र बढ्दो क्रममा रहेको लुइँटेलले जानकारी दिए । उनका अनुसार अहिले बाढीले यहाँको रतनीमा ६ घर, धोबाहमा २० घर र सिमरामा २० घर डुबानमा पारेको हो । 

केही घर बगाएको भन्ने जानकारी आएकाले सो क्षेत्रमा अहिले स्थानीय विपद् व्यवस्थापनको टोली खटाएको लुइँटेलले जानकारी दिए । बाढीले जिल्लामै सबैभन्दा बढी प्रभावित पार्ने स्थानको रुपमा माडीलाई लिइन्छ । यहाँका घागर, मगुइ, बाँदरमुढे, चिताइ, रतनीलगायत खहरे खोलाले जनजीवन प्रभावित पारेको छ । 

रतनी र बाँदरमुढे खोलाले माडीको ब्रम्ह्पुरी क्षेत्रका बस्तीमा समेत असर गरेको स्थानीयवासी श्रीप्रसाद दवाडीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने