2026-10-24 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

जब बेलायती एयरलाइन्सले विमान भारी भयो भन्दै २० यात्रीलाई विमानबाट उतारेपछि..

असार २६, एजेन्सी | बेलायती (युके) एयरलाइन्स इजीजेटले स्पेनको लान्जारोट सहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई धेरै भारी’ भएको भन्दै विमानबाट ओरालेको एक रिपोर्टले जनाएको छ । 

रिपोर्टका अनुसार, विमान ‘धेरै भारी’ भएको भन्दै ती यात्रीलाई विमानबाट उतारिएको थियो । खराब मौसम र विमानको तौल बढी भएकाले उडान ढिला भएको थियो, त्यसपछि विमानका क्याप्टेनले यात्रुहरूलाई स्वेच्छाले अप्ट आउट गर्न भने।

एक यात्रुले घटनाको भिडियो रेकर्ड गरेका छन् । १९ जना यात्रुले आफैँ उडान छोड्ने निर्णय गरे पछि मात्रै विमानले उडान भरेको थियो । 

उडानका क्याप्टेनले लान्जारोटेमा निकै छोटो रनवे र उल्टो दिशामा चल्ने हावाका कारण ठुला विमान अहिले उडान भर्न नसक्ने यात्रुलाई बताए । पाइलटका अनुसार एयर कन्डिसन र सुरक्षाका लागि आफ्नो कम्पनीको प्राथमिकतालाई ध्यानमा राख्दै यो उपाय बाहेक विमान उड्नको लागि अन्य कुनै उपाय नभएको पनि जनाए । पाइलटले २० जना यात्रुहरूलाई विमान छोड्न र आज राती लिभरपुलमा उडान छनौट गर्न भने । पाइलटले उडानबाट ओर्लने प्रत्येक यात्रुलाई इजीजेटले ५०० युरोसम्म दिनेसम्म पनि बताए ।

इजीजेटका प्रवक्ताले १९ जना यात्रुले स्वेच्छाले छोड्न राजी भएको पुष्टि गरेका छन् । तौल प्रतिबन्धहरू सुरक्षा कारणहरूका लागि सबै एयरलाइनहरूमा लागू हुन्छन्। यस्ता निर्णय प्रायः यस्तो परिस्थितिमा लिइन्छ। प्रवक्ताले भने कि उडानले तौलको सीमा नाघेको अवस्थामा, हामी यात्रुहरूलाई बिना भुक्तानी स्वैच्छिक रूपमा पछिको उडानमा जान आग्रह गर्छौँ, जुन यस अवसरमा पनि भयो।

यसो गर्नेलाई नियम अनुसार क्षतिपूर्ति दिइएको छ । किनभने यात्रु र कर्मचारीको सुरक्षा नै एयरलाइन्सको सबैभन्दा ठुलो प्राथमिकता मानिएकाले उनीहरूलाई उतारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने