भदौ २४, धनकुटा | धनकुटामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।

पाख्रिबास नगरपालिका-८ बस्ने ६७ वर्षीय रंगलाल तामाङ पक्राउ परेका हुन्।

बालिकालाई गत आइतबार दिउँसो डर त्रास देखाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएकी थिइन्।

बालिकाको उजुरीका आधारमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।