ताराबहादुर महत । मंसिर २१, दोलखा । लैङ्गीक हिंसा सम्वन्धी चेतनामुलक सडक नाटक दोलखा सदरमुकाम चरीकोटमा बुधबार प्रदर्शन गरिएको छ ।

महिला हिंसा बिरुद्धको १६ दिवसीय अन्र्तराष्ट्रिय अभियानका क्रममा उज्यालो भविष्य नेपालको आयोजना र महिला तथा बालबालिका कार्यालय दोलखाको समन्वयमा नाटक प्रदर्शन गरिएको हो । प्रर्दशित नाटकमा गरीबी, अशिक्षा र सामाजिक कुसँस्कारका कारण महिला हिंसा बढेको चित्रण गरिएको थियो । यसअघि लैङ्गिक हिंसा विरुद्धमा चरिकोट सातदोबाटोबाट निकालिएको ¥याली विचबजार, भालुखोला हुँदै पशुपतिडाँडा पुगेर पुन ः सातदोबाटोमा आई कोण सभामा परिणत भएको थियो ।

उज्यालो भविष्य नेपालका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भिमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेत, महिला विकास अधिकृत मिना पौडेल, प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल दोलखाका कार्यक्रम संयोजक ताराबहादुर महत लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम ओमन एक्ट, सिविन नेपाल, स्वयमसेवी रक्तदाता समाज, दोलखा तथा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल दोलखाको सहआयोजनामा भएको हो ।