२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा तटबन्ध निर्माणले जोगायो बस्ती

२०७६, २५ भाद्र बुधबार ०५:१५

भदौ २५, दार्चुला । शैल्यशिखर नगरपालिका–९ का किडीदेवी बादीको गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो । घरभित्रै चमेलिया नदीको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो ।

अहिलेको बर्खा सकिनैलाग्दा त्यो टोलवासीले बर्खाको समस्या झेल्नुपरेन । सबैभन्दा बढी जोखिम मानिने बस्ती जोगाउन तटबन्ध निर्माणपछि यहाँका बस्तीका स्थानीयवासीको राति सुत्ने सपना पूरा भएको छ । झण्डै एक किलोमिटर क्षेत्रसम्म तटबन्ध निर्माणपछि यहाँको बस्ती मात्र नभई पूरै गोकुलेश्वर बजार सुरक्षित भएको छ ।

गोकुलेश्वरमा तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम कम भएको छ । चमेलिया नदीले हरेक वर्ष कटान गर्दै आएको गोकुलेश्वर बजार र बस्ती तटबन्ध निर्माणपछि जोगिएको हो । हरेक वर्ष नदीले जमीन कटान गर्दै लगेको थियो । नगरपालिका कार्यालयको तलदेखि चमेलिया पुलसम्म तटबन्ध निर्माण गरिएको छ । आरसीसी र ग्याबियन जालीसहितको तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम घटेको चमेलिया तटबन्ध निर्माण समितिका अध्यक्ष सुरेश भण्डारीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरेर तटबन्ध निर्माण गरेको हो । दुई उपभोक्ता समितिमार्फत तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणपछि गोकुलेश्वर बहुमुखी क्याम्पस, गोकुलेश्वर अस्पताल र बादी बस्ती यो वर्ष नदीको जोखिमबाट बचाउन सकिएको अध्यक्ष भण्डारीको भनाइ छ । आर्थिक वर्ष २०७५÷७६ को बजेटमार्फत चमेलिया किनारमा तटबन्ध लगाइएको हो ।

“तटबन्ध निर्माणपछि चमेलियाका नदी घरभित्र छिर्न पाएन”, स्थानीय कुमा बादीले भन्नुभयो, “विगतमा चमेलियाको पानी बर्खायाममा घरभित्र पस्थ्यो, यो वर्षदेखि ढुक्क भएर निदाउन पाइएको छ चमेलिया किनारमा आश्रित हामीहरुको लागि तटबन्ध निर्माणपछि राहत मिलेको छ ।” 

हिउँदमा चमेलिया नदीको सतह घटे पनि बर्खायाममा उर्लेर आउँछ । पूरै बजार क्षेत्रसम्मै नदीको जोखिम हुने गरेको थियो । अहिले आधा भू–भागसम्म मात्रै तटबन्ध निर्माण गरिएको छ । पूरै तटबन्ध आरसीसी वाल निर्माण गरेर बनाए अझै गोकुलेश्वर बजार जोगाउन सकिने स्थानीय व्यापारी तिलक साउदले बताउनुभयो । 

चमेलिया नदीले शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर बजार मात्र नभएर मकरीगाड, ओखल, लटिनाथ, शेरी, परपडा, लामबगड, चिउरानी, नलबगड, बिटुले, बारिलबवगड, बलाच, दहखाली, छोला, मकन्ना, देथला, कुकुडेपानी, लुइटा, ओसल, नाइल, गाजरी, कड्पते, गोकुलेश्वर, जगतपुरी र बसकोट बस्तीलाई समेत वर्षेनी जोखिममा पार्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ