<p><b>कमल सुबेदी, माघ २७, पोखरा ।</b> कास्कीको चापाकोट ७ खोरपाखामा आगालागी हुदा एक घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आज बिहान घरमा बिद्युत सट भएर आगलागी भएको पामे प्रहरी चौकीका असइ पदम नेपालीले जानाकारी दिए । कास्की चापाकोट ७ खोरपाखामा बस्ने छबिलाल अधिकारीको घरमा आगालागी भएको उनले बताए ।<img src="http://sajhasabal.com/uploads/posts/cc2a499f20e71a317f816c247078f8a31486655654.jpg" style="width: 640px; float: left;"> </p><p>आगलागी बाट करिब १० लाख बराबरको क्षति भएको आफन्तले जनाएका छन् । आगालागी बाट घरमा रहेका भाडाकुडा, लत्ताकपडा धान समेत जलेकोले बस्नको लागि कठिन भएको पिडितले दुखेसो पोखेका छन् । आगालगी बाट दासु अधिकारीको ३० मुरी धान समेत जलेको अधिकारीका छोरा किरण अधिकारीले जानाकारी दिए । स्थानियको सहयोगमा २ घन्टा पछि आगो नियन्त्रणमा आएको छ । आगालगी बाट मानबिय क्षति भने नभएको प्रहरीले जनाएको छ ।</p>
