साउन १७, काठमाडौं । त्रि.वि. शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले बुधबारदेखि अस्पतालको बहिरंग सेवा (ओपीडी) बहिस्कार गर्ने भएका छन् ।

नेपाल रेजिडेन्ट डाक्टर्स एशोसिएसनका अध्यक्ष डा. कश्यप श्रेष्ठले डा. गोविन्द केसी आमरण अनसनमा बसेको नौ दिन वितिसक्दा पनि सरकार पक्ष गम्भीर नभएकाले भोलिदेखि ओपीडीमा सरीक नहुने बताए ।

यसअघि डा. केसी अनसन बसेको ४-५ दिनदेखि नै ओपीडी बहिष्कार गर्दै आएको भएपनि यसपटक भने डा. केसीकै अनुरोधमा विरोधका कार्यक्रमलाई पछि सारेको र बाध्य भएर ओपीडी सेवामा सहभागी हुने निर्णय गरेको उनीहरुले बताएका छन् ।

चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतका माग राख्दै आमरण अनसन सुरु गरेका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएको छ ।

Related News