२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमद्वारा ३ दिनसम्म एसएमएस सेवा निःशुल्क

२०७४, २९ श्रावण आईतवार ११:४९

साउन २१, काठमाडौं । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो ।

अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

उनले बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवfको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले दुरुपयोग नगरिदिन आग्रह गरे ।

‘निःशुल्क भएपछि धेरै एसएमएस आदान प्रदान हुँदा समस्या हुन सक्छ’ अधिकारीले भने,’अत्यावश्यक अवस्थामा मात्रै यो सेवा प्रयोग गर्न अपील गर्छौं ।’

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेका हुन् ।

टेलिकमबाट टेलिकमकै मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ